13 Baishak, 2075 | 26 April, 2018 Thursday

तीतोपाटी डट कम- बिगत २५ बर्ष देखि समाजसेवा गर्दै आएका तेह्रथुम जिल्ला मेन्छ्येम गाउँपालिका वडा न ६ घर भई हाल अमेरीका निवासी समाजसेवी हेम थापा र माया थापाको दम्पतीले साउदी अरबमा झुटो मुद्दामा जेलमा बन्दी भएर रहेका इलामका प्रेम बहादुर राई लाई उनको जीवन रक्षाका लागि चलाएको अभियानलाई ५ लाख रुपैयाँ सहयोग गरेका छन । मंगलबार उनले लोकप्रिय कार्यक्रम ईन्द्रणीका कार्यक्रम सञ्चालक कृष्ण कँडेलको नाममा उक्त रकम पठाएको बताएका छन ।
 पैसा पठाएको प्रमाण:

जहाँ जोसुकैलाई पिडा देखेपछि आफ्नो मन दुखेर आउछ अनि आफुले सहयोग गर्नलाई मन लाग्छ सम्पत्ति जतिसुकै भएपनि मन हुनुपर्छ रहेछ । मानिसहरुका पिडाहरु लाई मलम लगाउन लाई हामीले सहयोग गरेका हौं । समाजसेवी थापा दम्पत्तीले बताएका छन । हालसम्म उनले विभिन्न ब्यक्तिहरु तथा संघसंस्थाहरु लाई गरेर ५० लाख भन्दा माथीको सहयोग गरिसकेको बताएका छन।