9 Baishak, 2075 | 22 April, 2018 Sunday

चन्द्र बिश्वकर्मा - नेपाली समाज कुवेतमा सन २०१३ मा स्थापना भएको राप्ती एकता समाज कुवेतले पाँचौ वार्षिक उत्सब तथा अधिबेशन समारोह साथै नया वर्ष बि.स २०७५ को शुभकामना आदानप्रदान आगामी अप्रिल २० तारीख शुक्रबारका दिन सम्पन्न गर्ने भएको छ ।

कुवेतको नेपाली समाजमा स्थापना भएको समाजले कुवेतमा कृयाशिल सघं सस्थाहरु संग हातेमालो तथा सहकार्य गर्दै आइरहेको छ । कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको आपत बिपत्तिमा  सहयोग गर्नुको साथै अलपत्र परेकाहरुको उद्वारमा पनि उल्लेख्य भुमिका खेलिरहेको छ । कुवेतको नेपाली समाजमा  मात्र नभई नेपालमा पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ  ।

यहि आउदो अप्रिल २० तारिख शुक्रबारका दिन  कुवेतमा कृयाशिल सघं सस्थाहरु, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई  उक्त दिनको पाचौं वार्षिकोत्सब तथा अधिबेशनमा  गरिमामय उपस्थित जनाइ  कार्यक्रम भब्य र सब्य तरिकाले सफल पारिदिनको लागि राप्ती एकता समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।

राप्ती एकता समाज कुवेतले हाइडाइन रेस्टुरेन्ट जिलिप, अब्बासियामा  बिहान ११ बजे देखि पाँचौ वार्सिक उत्सब तथा अधिबेशन समारोह साथै नयाँ वर्षको शुभकामना आदानप्रदान सुरुवात गर्ने छ । पाँचौ अधिबेशन बाट चयन हुने कार्यसमितिले नयाँ र फरक शैलीले समाज लाई अगाडि बढाउने  राप्ती एकता समाज कुवेतका अध्यक्ष मस्त बहादुर बिश्वकर्माले तीतोपाटी डटकम  लाई जानकारी गराएका छन ।

कार्यक्रम मिति :- २० अप्रिल २०१८
समय :- बिहान ११ बजे
स्थान :- हाइडाइन रेस्टुरेन्ट, जिलिब अब्बासिया

कार्यक्रमको बिस्तृत जानकारिको लागि :
मस्त बहादुर बिश्वकर्मा (अध्यक्ष )
लोक बहादुर  नेपाली (महासचिव )