9 Baishak, 2075 | 22 April, 2018 Sunday


तिन मुक्तक

१)
झूटो  बाचा  कसम  कहिले  नखाउ  है
दुई दिनको मायाप्रिती कहिले नलाउ है
दु:ख सुखमा साथ दिने साथी बन्छु म
दोबाटोमा एक्लै छोडी कहिले नजाउ है

२)
तिम्रो अाँशु झरे यी हातले पुज्ने मन
साथैमा  बसि  हरेक कुरा बुज्ने मन
कहिले    नअोविने  गरि  सँधै  भरि
यो  मायाको   वर्षातमा  रुझ्ने  मन

३)
फाटेको लुगा टाल्नु पर्ने रहेछ अाफैले
निपेको दियो बाल्नु पर्ने रहेछ अाफैले
मुटु दुख्दा झर्ने अमुल्य यी अाँशु पुछ्दै 
अाफ्नो मन सम्हाल्नु पर्ने रहेछ आफैले


नाम : सिम्रन मोक्तान तामाङ
ठेगान : सिन्धुपाल्चोक 
हाल : कुवेत