9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीतोपाटी डट कम - श्रम तथा रोजगार मन्त्रालय बैदेशिक रोजगार विभागले झापाका पनि ८० बढी मेनपावरका एजेन्ट खारेज गरेको योसंगै देशभरका ३९२ एजेन्टलाई खारेज गरेको हो

विभागले सूचना जारी गर्दै खारेज भएका एजेन्टको सूची सार्वजनिक गरेको हो गोकर्ण विष्ट श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्री भएसंगै यति धेरै एजेन्टलाई एकसाथ खारेज गरेको हो सरकारले तोकेको भन्दा बढी रकम लिएर अनधिकृत रुपमा युवालाई विदेश पठाएको भन्दै मन्त्रालयले देशभर अनुगमन गर्दै एजेन्टलाई कार्वाही गरेको हो


विभागको टोलीले यसअघि झापाका मेनपावरमा अनुगमन गरेको थियो अनुगमनका क्रममा एजेन्टले बिना दर्ता कार्यालय खोलेको अनधिकृत रुपमा नेपाली युवालाई ठगी गरेको भन्दै एकैपटक एजेन्टलाई खारेज गरिएको हो


खारेजमा परेका एजेन्टहरुमा चन्द्रमा ओभरसिज, डीप्रोटन मेनपावर सप्लायर्स, इशान ओभरसिज, याना म्यानेजमेन्ट एण्ड सर्भिस, ग्लोबल राइजिङ प्लेसमेन्ट, मिराजकल इम्प्लोइमेन्ट सर्भिस, डमरु रिसोर्सेज, आल आस्कमाक्स कम्पनी रहेका छन्


त्यस्तै अरोमा इन्टरनेशनल, नमो बुद्ध इन्टरनेशनल सर्भिसेज, र्याडिएन्ट ओभरसिज, अल्फा सिग्मा ह्युमन रिर्सोसेस म्यानेजमेन्ट, डल्फिन ओभरसिज सर्भिसेज, साउण्ड लाइन्स रिक्रुटमेन्ट, स्यारोन मेनपावर सर्भिस, क्लासिक ओभरसिज मेनपावर, सोसियल इम्प्लोइमेन्ट सर्भिस, मुस्ताङ ओभरसिज, नमस्ते नेपाल मेनपावर, भण्डारी ओभरसिज, हिमारव ओभरसिज, जिसीडी वल्र्ड वाइड, राज ओभरसिज, राज ओभरसिज, नेबिल ओभरसिज, हमदन इम्प्लोइमेन्ट सर्भिस, ह्वाइट पर्ल रिक्रुटमेन्ट सर्भिस, अस्मिता इन्टरनेशनल, इम्प्लाइमेन्ट क्रिएसन सर्भिस, वेलकम ओभरसिज, खम्बू ओभरसिज सर्भिसेस, विराट ओभरसिज इन्टरनेशनल, एमवीके ओभरसिज, लोटस ह्युमन रिर्सोस, कञ्चन ह्युमन रिर्सोस रहेका छन्


त्यसैगरी साउथ एशियन इम्पलोइमेन्ट, मुन ड्रप ओभरसिज, लक्की एचआर सोलुशन, त्रिवेणी ओभरसिज कन्सर्न, शेर्पा इन्टरनेशनल मेनपावर, लिवर्टी एचआर कन्सलटेन्ट, सम्पदा ओभरसिज, आकर्षण इन्टरनेशनल, आकर्षण इन्टरनेशनल, पाल्ही ओभरसिज, करियर इन्टरनेशनल ओभरसिज, लाइफलाइन ओभरसिज, मिथिला मेनपावर सर्भिस, मदरल्याण्ड ओभरसिज, डिलक्स एचआर सोलुशन, सुवास ह्युमन रिर्सोसेस, सार्प ह्युमन रिर्सोसेस प्रालि, मेरिगोल्ड ओभरसिज, टाइटानिक मेनपावर सर्भिस, एसपीएस मेनपावर ओभरसिज, अस्मिता इन्टरनेशनल ओभरसिज, प्याराडाइज इन्टरनेशनल, रोटरी ओभरसिज, विजे ओभरसिज, ह्वाइट हर्स ओभरसिज, एड्भेन्चर ह्युमन रिर्सोस, जब वल्र्ड इन्टरनेशनल ओभरसिज, रेज रिक्रुटमेन्ट, अक्टोपस ओभरसिज, अल कर्निस ओभरसिज सर्भिस रहेका छन्


त्यस्तै लिंक स्टार मेनपावर सर्भिस, स्टार नेपाल इन्टरनेशनल, काठमाडौं इन्टरनेशनल, इन्कर्पोरेट, खोजी रिक्रुटमेन्ट सर्भिसेस, एसभी एशोसिएट्स, नोकरी नेपाल रिक्रुटमेन्ट ओभरसिज, वल्ड वेज मेनपावर इंक, आस्था इन्टरनेशनल ओभरसिज, आरएण्डआर ग्लोबल जव ट्रयाकर, मसारेक इन्टरनेशनल ओभरसिज, सप्तकोशी ह्युमन रिर्सोस, मिडिल अर्विट ओभरसिज, मोभिरा ओभरसिज सर्भिस, विराट एशोसिएट्स, शुभहारती मेनपावर, तार्गेट कन्सलटेन्ट ह्युमन रिर्सोस, नाइल इन्टरनेशनल मेनपावर एजेन्सी क्रोमा इन्टरनेशनल रहेका छन्