नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ बिजौरी दाङमा संस्कृत साहित्यको सहप्राध्यापक पदमा कार्यरत गणेश पाण्डेयलाई नेपाल संस्कृत विश्वविद्यालयले 'टीकारामपन्थिना प्रणीतयो रुरुवृत्त-नेनेपालखण्डकाव्ययो रसविमर्शः' शीर्षकमा विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
पाण्डेयले उक्त शोधकार्यको लागि विश्वविद्यालय अनुदान आयोगबाट २०६९ सालमा प्रथम व्यक्तिको रूपमा छनोट भई विद्वद्वृत्ति समेत पाएका थिए । पाण्डेय २०४९ सालको विश्वविद्यालयीय परीक्षामा सर्वप्रथम भई संस्कृतसाहित्यमा आचार्य तह उत्तीर्ण गरेकोले 'महेन्द्र विद्याभूषण' उपाधि प्राप्त हुन् ।
उनको विद्यावारिधि शोधकार्यमा संस्कृतसाहित्यका ख्यातिप्राप्त भारतीय उपमहाद्वीप कै विशिष्ट विद्वान् प्रा. डा. वेणीमाधव ढकाल शोधनिर्देशक हुनुहुन्थ्यो ।
शोध विशेषज्ञमा संस्कृत व्याकरणका विशिष्ट विद्वान् प्रा. स्थानेश्वर गौतम र संस्कृतसाहित्यका विशिष्ट विद्वान् प्रा. गदाधर पौडेल रहेका हुनुहुन्थ्यो ।
उहाको शोधप्रबन्धमा गम्भीर ऊहापोहका साथ रससिद्धान्तको पुनव्र्याख्या र विवेच्य काव्यको विश्लेषण गरिएको छ । पाण्डेयको जन्म २०२४ साल श्रावण १५ मा अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. १ सुवर्णखालमा पिता पं. सिद्धिनाथ पाण्डेय र माता जनककुमारी देवीको माहिला छोराको रूपमा भएको हो ।
यिनको नेपाली खण्डकाव्य विधामा निहित योगदानका सम्बन्धमा हाल त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शोध अध्ययन भैरहेको छ ।
कुमार गुरुङ शौचालयमा मृत भेटिए,मलेसिया पुगेको ३ महिना नपुग्दै
गर्भमा छोरी छ भन्ने थाहा पाएपछि श्रीमानले श्रीमतीको गरे हत्या
पत्रकार महासंघका पुर्व महासचिव केसीले बुवाको नाममा बितरण गरे छात्रवृत्ति
सानो सिरुवारीमा सौर्य लिफ्टबाट खानेपानी, स्थानीय जनताहरुको अनुहारमा खुसि
कागजमा जेसुकै होस्, नेपाल हिन्दुराष्ट्र नै हो, पुर्वमन्त्री ढकाल
सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
राप्ती एकता समाज कुवेतको अध्यक्षमा कृष्ण बहादुर खड्का
पक्राउ परेपछि दीपक मनाङेले भने, 'मलाई वकिलले डुबाए, अदालत जानुपर्ने, यता (हिरासत)मा पो आउनुपर्यो'