9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीताेपाटी डट कम - म्याग्दीका चर्चित युवा गायक ध्रुव जि.सी. को नयाँ गित भेट हुदा जहिलेनि ठिक्क को म्युजिक भिडियो बजारमा आएको छ ।


ध्रुव जिसीले काठे भाका तथा सालैजो जस्ता एक दर्जन भन्दा बढी गितमा स्वर दिएका छन्  ध्रुव जिसीको बिलकुलै नयाँ गितको म्युजिक भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो । ध्रुव जिसी र पूर्णकला बिसीको स्वर रहेको उक्त गितको म्युजिक भिडियोमा अहिलेका चर्चित निर्देशक तथा कलाकार शंकर बिसि र करिस्मा ढकालले अभिनय गरेका छन ।


ध्रुव जिसिको तिमि सँग बसेको दिल तिमि बिना जिन्दगी मुस्कील’ बोलको गित सर्वोत्कृष्ट नव गायकको नोमिनेसनमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ  उनी हालै राप्ति म्युजिक अवार्ड र नेपाल म्युजिक अवार्डको उत्कृष्ट ५ भित्र पर्न सफल भएका छन् । 


जिसीलाई उत्कृष्ट बनाउनका लागि मोबाइलबाट म्यासेज गर्न र अनलाइन बाट पनि भोट गर्न सकिन्छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर नेपाल म्युजिक अवार्डका लागि NMA  टाइप गरेर एक स्पेस छोडेर 10E  टाइप गरेर ३४३४३ मा पठाउन सकिन्छ । जिसीको भोटीङ कोड 10E हो । 10E  टाइप  गरेर ३४३४३ मा म्यासेज गरी जिसी लार्इ भोट गर्न सकिने छ ।

गितको म्युजिक भिडियोको लागि यहाँ क्लिक गर्नुहोस ।