9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीताेपाटी डट कम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङमा बर्दीसहित ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानलाई ७० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ  

मंगलबार साँझ बेंसीसहर नगरपालिका ७, वाणिज्य बैंक नजिकैको सोनी रेस्टुरेन्टबाट नगद ७० हजार रुपैयाँ लिँदै गर्दा ट्राफिक जवान मोतिकुमार श्रेष्ठलाई अख्तियारको टोलीले रंगेहात समातेको हो । गाडीको लाइसेन्स बनाइदिने भन्दै २ जना सेवाग्राहीसँग ३५/३५ हजार रुपैयाँका दरले रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटी आएका डीएसपी महेन्द्र खड्काले बताए । उनका अनुसार पक्राउ गरिएका ट्राफिक जवान श्रेष्ठमाथि थप अनुसन्धान थालिने छ 


 वीरगञ्जबाट ठूलो गाडीको लाइसेन्स बनाइदिने भन्दै श्रेष्ठले नगद लिएका स्रोतले बतायो  ट्राफिक जवान श्रेष्ठले हेभी गाडीको लाइसेन्स वीरगञ्चबाट बनाइदिने भनी सेवाग्राहीलाई आश्वासन दिएको सूचना पाएपछि हेटौंडाबाट अख्तियार टोली खटिएको थियो । सेवाग्राही र ट्राफिकलाई पछ्याउँदै आएको अख्तियार टोली ट्राफिक प्रहरी जवान श्रेष्ठले सेवाग्राहीबाट नगद लिँदै गर्दा रेस्टुरेन्टमा पुगेको हो । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले घटनाबारे पुष्टि गरेका छन् 


- कान्तिपुर