9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीताेपाटी डट कम - त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट सेटिङ मिलाइ भिजिट भिषामा युएई आएका १० जना नेपाली अलपत्र परेका छन ।

काठमाडौमा रहेको फोर स्टार ट्राभल्स एण्ड टुरिजम एल एल सि र रस्बिआ इन्टरनेनेसनल ट्राभल एण्ड टुर्स प्रालि बाट भिजिट भिषा लिएर रोजगारीका लागि युएईको राजधानी अबुधाबी आएका उनीहरु काम लगाउने एजेन्ट पैसा लिएर फरार भएपछी बिगत २ महिना देखि अलपत्र परेका हुन ।


जनही १ लाख ६० हजार नेपालमा र युएई आएपछी काम लगाउने चितवन घर भएका एजेन्ट सालिक बहादुर केसी लाई प्रतिब्यक्ति १ हजार अमेरिकि डलर बुझाएका उनिहरुलाइ नेपाल बाट चितवनका स्याम केसी र सल्यानका धनलाल खत्रीले एअरपोर्टको अध्यागमन बिभागमा सेटिङ मिलाइ पठाएको पीडितले बताएका छन ।

आफुलाइ एजेन्टले कामदार भिषामा जादा धेरै समय पर्खनु पर्न र भने जस्तो काम नहुने भन्दै भिजिट भिषामा जादा मासिक २५ सय दिराम तलब सुबिधा सहितको काम लगाउने प्रलोभन देखाएर ल्याएको पीडित मध्यका एक कंचनपुरका वीर बहादुर देउवाको भनाइ छ ।


यसरी अलपत्र पर्नहरुमा कंचनपुरका,बिर बहादुर देउवा जय बहादुर बोहरा ,बिरेन्द्र बोहरा,किसन गुरुङ डोटिका भिम बहादुर बोहरा ,सल्यानका कमल खत्री ,कृष्ण प्रसाद ओलि ,झमन सिह डागी लगायत रहेका छन भने दुई जनाको भिषा अबधी सकिएर अबैधानिक बनेको देउवाले जानकारी दिएका छन ।

सुरुमा ल्याउने बितिक्कै खान र बस्न दिएपनि युएई आएको १५ दिन पछी एजेन्ट सम्पर्क बिहिन बनेको र खान बस्न समेत समस्यामा परेपछि केहि दिन अघि मात्रै एजेन्ट्को खोजी गरि कारबाहीको माग सहित आफुहरुलाइ नेपाल फर्काउन अनुरोध गर्दै पीडितहरुले नेपाली दूतावासमा निवेदन समेत दिएका थिए ।

सेटिङ रोक्न सरकारले चासो नदिदा समस्या बढ्दोः नेपाली दूतावास युएई


नेपाली दूतावास युएईले सरकारलाई बारम्बार अध्यागमन बाट हुने सेटिङ लाई रोक्न अनुरोध सहितको पत्र पठाउदा समेत ब्यवास्ता गरेकै कारण समस्या बढ्दै गएको बताएको छ ।

नेपालमा दलालहरुलाइ प्रशासन बाटै संरक्षण भए जस्तो देखिन्छ ,अध्यागमनमा एक दिन छड्के चेक गरेर समस्या समाधान हुदैन ।दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले प्रसासन लाई चुस्त बनाउन आबस्यक छ यहाँ आएर रोइकराइ गर्दैमा दूतावास मात्रैले सबैलाई उद्दार गर्न सक्दैन दूतावासका श्रम कान्सुलर भेषराज कार्किको भनाइ छ ।

अलपत्र परेका पीडितको निवेदन पछी दूतावासले एजेन्टको खोजी गरिरहेको बताउदै एजेन्टलाइ दूतावासमा बोलाइ पीडित लाई स्वदेश फर्काउन पहल गरिने कार्कीले जानकारी दिएका छन ।


- खबरडबली