9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीतोपाटी डट कम- फागुन २८ गते काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान निधन भएको  

विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्यूरो साइन्स एण्ड हस्पिटलमा निधन भएको हो

श्रीमान सुल्तानको मृत्यु भएको खबरले हृदयघात भएपछि उनलाई गएको आइतबार अस्पतालमा भर्ना गरिएको थियो  


उपचारको क्रममा उनको शुक्रबार विहान साढे बजे निधन भएकाे अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम डेली स्टारलाई बताएका छन


फागुन २८ गते काठमाडौंमा दुर्घटना परेको युएस बंगला एयरलाइन्समा चालक दलका जनासहित ४९ जनाको मृत्यु भएको थियो मृत्यु हुनेमा २६ जना बंगलादेशी, चिनियाँ जना माल्दिभ्सका नागरिक रहेका छन बाँकी २१ जना नेपाली रहेका थिए

उनको शवलाई मुस्लिम धर्म अनुसार पति अबिदको चिहान नजिकै राखेर दाहसंस्कार गरिने परिवारले जनाएको