9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीतोपाटी डट कम-कुवेत गएकी भुमाकुमारी गैरे १५ महिनादेखि सम्पर्कविहिन भएपछि परिवारले खोजीदिन अनुरोध गरेका छन् रुपन्देहीकी उहाँ २०७३ असोजमा कुवेत जानुभएको थियो  


भुमाकुमारीले उता पुगेर परिवारसँग सम्पर्क पनि गर्नुभएको थियो घरको काम गर्छु भनेकी थिइन १५ महिना भैसक्यो बोल्न पाएको छैन,’ भुमाकुमारीका श्रीमान् गंगाराम गैरेले भन्नुभयो हिन्दी भाषा बोल्नेले फोन गरेर भुमाकुमारी बिरामी भएको घरसाहुले उपचारमा चासो नदिएको बताएको उहाँले जानकारी दिनुभयो  


श्रीमती समस्यामा परेको जानकारी पाएपछि गंगारामले पठाउने दलालसँग पनि उद्धारका लागि अनुरोध गर्नुभयो तर दलालले एक वर्षपछि मात्रै भुमाकुमारीको कागजपत्र दिएको गंगारामले बताउनुभयो  


भुमाकुमारीको उद्धारका लागि विभिन्न ठाउँमा सम्पर्क गर्दापनि कतैबाट पहल नभएको गंगारामले गुनासो गनुभयो कुवेतमा दूतावासलाई फोन गरेर भनेको, यहाँको कानुन अनुसार घरमा गएर ल्याउन मिल्दैन भन्छन्, आलटाल गरे, उनको उद्धार चाडो भए हुने थियो,गंगारामले कुवेतमा रहेको नेपाली दूतावाससँग गुनासो गर्नुभयो


सभा अल अहमद सि आफूले काम गर्ने ठेगाना हो भनर भूमाकुमारीले परिवारलाई बताउनुभएको थियो काम थालेको केही समयपछि साहुले परिवारसँग सम्पर्क गर्न नदिएको गंगारामले बताउनुभयो उद्धारका लागि गंगारामले सबैसँग आग्रह गर्नुभएको


साभार- ujyaalo online