13 Baishak, 2075 | 26 April, 2018 Thursday

तीतोपाटी डट कम- डन हरुको बारेमा दुई चार कुरा फ़ेसबुकमा राख्ने क्रममा आलोचित बनेको छु, तै पनि मेरा प्यारा शुभचिन्तक आलोचक मित्रहरुलाई सलाम गर्न चहान्छु।


हो मैले हरेक कुराको बहस गर्न सक्छु, यो मेरो नैसर्गिक आधिकार भित्र पर्ने कुरा हो, तर कसै आपराधिको समर्थक हैन अन्यायको बिरुद्धमा सधै आवज उठाउन चहान्छु  


समाजमा त्रास फैलाउने देश बिकासको राष्ट्रीय परियोजनाहरुलाई अवरोध पुर्याउने दलाली कमिसनखोर, बिचौलिया, माफ़िया, गुन्ड आर्थिक लाभको लागि कनै निर्दोष मानिसको ज़्यानसम्म लिन बेर नलाग्ने डन भनिने अपराधिहरुलाई ईन्काउन्टर गरेर सिध्यऊनु पर्छ।


तिनका समर्थकहरुलाई पनि छोड्नु हुँदैन, तिनै अपराधिहरुको छातीमा गोलि बर्सेको वा फाँसी दिएको हामी हेर्न चाहन्छौ  


तर त्यसो गर्नको लागि प्रहरी पुलिस प्रशासन शुद्ध हुनुपर्छ बिडम्बना नेपालमा त्यसो हुन सकेको छैन।


बर्दिको आडमा  अपराध काम गर्ने  पुलिसको पनि संख्या कमि छैन यस्ता धेरै प्रमाणहरु हामीसँग छन, हिजोको दिनमा अरबौ राजस्व झ्वाम पार्ने नेताहरु अहिले बिभिन्न मन्त्रालय सम्हाल्दै छन्। 


तिनीहरुलाई कस्ले ईन्काऊन्टर गर्ने , के तिनीहरु अपराधी हैनन, हो मेन डन तिनै नेताहरु हुन जस्ले युवाहरुलाई डनको रुपमा प्रयोग गर्छन, थोत्रो चप्पल लगाएर राजधानी छिरेका ब्यक्तिसंग अरबौको महल अनि खरबौ सुईस बैकंमा भएको साँचों तथ्य बाहिर आई सकेको  


तर एक दुई जना झोले जनता मान्न तयार छैन फ़ेसबुकमा स्टाटस लेख्दै छन् डन तिनका समर्थकलाई गोली ठोक्नु पर्छ भन्दै समर्थक भनेको नेता हो नेतालाई गोली ठोक्नु पर्छ भन्दै भोट ठोक्ने  


यस्तै बिचौलिया झोले जनताको कारण देश बर्बाद भएको हो अरे फ़ेसबुकमा भुकेर केहि हुनेवाला छैन, नेपालको बिभिन्न ठॉऊहरुमा कोठी सन्चालन भई रहेको छ।


यो कुरा प्रहरीहरुले थाह भएर पनि नभए जस्तो गर्दै हिड्छन, जब कमिसन उनीहरुले भने जस्तो हुदैन तब सर्बजनिक रुपमा कारवाईको नाटक गर्छन  


के यो दादागिरी हैन् तिन चार बर्षको बालिका बलात्कृत् हुन्छन् ति बलात्कारीहरुलाई दुई दिन थुने जस्तो गरेर छाडिन्छ, के यो  सहि हो, दिउँसै पैसाको बिटोसंगै रड़गेहात समातेका पुलिसहरु सटको बटन लगाउन नमिल्ने गरि जुका जस्तो ढॉडिएर छाति पिटेर हिडिरहदा गणेश, मनोजहरु किन ईन्काउन्टरमा मारिनु पर्ने भनेर बहस मात्र गरेको हो अपराधिहरु कसैलाई छुट दिनु हुदैन कानुन् सबैको लागि बराबरी हुनुपर्छ, आफ्नो पार्टिमा हुँदा समाज सेवी अर्को पार्टिमा गए डन भनेर मार्ने यो कतै नभएको लजस्पत प्रवृती नेपालमा


यो अति दु:दायी कुरा हो नेपाली जनताहरुको लागी त्यसो भोलि पुर्बग्रही रहेमा वा आफुले  मन नपरेको ब्यक्तिलाई सिधै गोली ठोकेर टोले डन् ईन्काऊन्टरमा मरियो भन्दा त्यो ठॉऊमा जो कोई पनि पर्न सक्छ त्यो ठउँमा आफु पर्नु भयो भने के गर्नु हुन्छ। 


प्रहरी प्रसासन देश जनताको सेवक हो अनुशासनमा रहि सबैलाई सम्हाल्न सक्नुपर्छ कुनै गोली बरुदको डर त्रासले होइन, मिठास सब्य तरीकाले।


किरण तामांग 

हाल- कुवेत