9 Baishak, 2075 | 22 April, 2018 Sunday
एक्लै छट्पटीदा
2018-03-21 | तीताेपाटी डट कम

भिडियो मा कुरा गरे आँखा हेरिराछु
छट्पटी हुन्छ प्रिय माया गरिराछु ।

किन किन जुरुक जुरुक उकुसमुकुस भयो
तड्पिएर बस्दाबस्दै के के भयो भयो ।

प्यास छैन निन्द्रा छैन कोल्टो फेरेपछी
उत्तेजित चरमसुख तिम्लाइ हेरेपछि ।

किन किन नशा लाग्यो कुरा गर्दै हेर्ने?
आफू यक्लै जे गरे नि लामो सास फेर्ने ।

टेक्नोलोजी जमानामा अचम्मको कस्तो?
तिमी यतै नजिकै छौ होकि होकि जस्तो ।।

रचनाकार -  छबिराम सुनार ( निर्दोष )
डेढ गाउले भान्जा
बौदिकाली  2  नवलपुर  हाल  कुवेत