9 Baishak, 2075 | 22 April, 2018 Sunday
मायाकाे कुरा
2018-03-21 | तीताेपाटी डट कम

जित भित्रकाे, नदखिने हार रहेछ ,माँया
थाह नपाई चुडि  जाने तार रहेछ, माँया ।

साचाे निश्चल माँया, अबुझहरूकाे लागि
जता ततै  उम्रि  रहने झार  रहेछ,  माँया ।

जानि,जानि अाफैले खतराकाे निम्ताे दिएर
स्वतन्त्र याे जिन्दगी काे बार रहेछ ,माँया ।

खुशि अनि सुखि चलिरहेकाे जिन्दगीलाई
अाफ्नाे मुटु अाफै रेट्ने तरवार रहेछ माँया ।

संगै हुदाँ एक अर्काकाे खुबै तारिफ गर्नहरू
छुुुट्टिदा ,म चलिरहने सार रहेछ माँया ।

तिमी नै जिन्दगी तिमी नै सब थाेक भन्नेहरू
छुट्याे पछि बदनामिकाे दाग रहेछ माँया।।

सानु लामा
बर्दिया
हाल - कुवेत