9 Baishak, 2075 | 22 April, 2018 Sunday

हरी कृष्ण न्यौपाने-कुवेतको मंगफ भन्ने स्थानमा कुवेत प्रहरीको अहमादी सुरक्षा समुहले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ।

कुवेतको अनलाइनपोर्ट आइमानमातमा जनाइए अनुसार गत मार्च-१८,२०१८का दिन कुवेतको अहमादी प्रहरीले उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट ५६ वटा ब्यारेल(सिलिन्डर जस्तो देखिने पेय पदार्थ राख्न प्रयोग गरिने ठुला कन्टेनर)हरु,२४ वटा ग्यास सिलिन्डरहरु,घरेलु मदिरा अनी घरेलु मदिरा प्रशोधन तथा उत्पादन गर्न प्रयोग गरिने उपकरणहरु सहित ति नेपाली नागरिकलाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएईेको छ।

पक्राउ गरिएका नेपालीको नाम,ठेगाना तथा कम्पनी लगाएत अन्य जानकारी भने खुलाईएको छैन।