9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीतोपाटी डट कम- पत्रकार महासंघ युएई शाखाका पूर्व अध्यक्ष त्रिलोचन कोइराला ठगी धन्दामा संलग्न भएको पाइएको


युएईमा पत्रकारिता गरिरहेका कोइरालाले युएईका विभिन्न कम्पनीबाट क्लिनर तथा अन्य नेपाली कामदारको मागपत्र गराउने भन्दै काठमाडौंको सिनामंगलमा रहेको रसुवा ओभरसिजबाट ३५ हजार दिर्हाम अर्थात झण्डै लाख रुपैयाँ लिएको म्यानपावरले जनाएको


उनले कन्चनजंघा टेक्निकल सर्भिसेसबाट ५० जना एभरेस्ट बिल्डिङ क्लिनिङ सर्भिसेसमा ५० जना गरी सय जना पुरुष कामदारलाई क्लिनरको कामका लागि नक्कली मागपत्र बनाएर म्यानपावरबाट रकम असुलेका हुन्


कोइरालाले भिसा पठाउँछु भन्दै पैसा लिने पैसा पाएपछि सम्पर्कविहीन हुने गरेको म्यानपावर कम्पनीका सञ्चालक सुवर्ण लामाले बताउनुभयो म्यानपावरका अर्का संचालक सूर्य राईका अनुसार कामका लागि श्रम विभागमा जाँदा विभागकै कर्मचारीले कोइरालासँग सम्पर्क गराएका थिए


विभागका कर्मचारीले नै सम्पर्क गराएका व्यक्ति भएकाले विश्वास गरेर पैसा दिएको राईले बताउनुभयो तर पैसा लिएपछि कोइराला सम्पर्कविहीन भएको उहाँले बताउनुभयो


झापाको लखनपुरका कोइराला १० वर्ष अघि युनाइटेड प्रि काष्ट कन्क्रिट नामक कम्पनीमा डकुमेन्ट कन्ट्रोलरको रुपमा युएई आएर काम गरिरहेका थिए केही समयपछि आफैं व्यवसाय गर्ने भन्दै उनले बरदुवईमा सिटी लाइफ ट्राभल चलाइरहेका थिए कोइरालाले म्यानपावर कम्पनीबाट युएईको मशिर्क बैंकमा रहेको मोफसल फ्रिजोन एलएलई नामक आफ्नै कम्पनीको आफ्नो खातामा पैसा मागेका थिए


गल्ती भएको होकोइराला 

विश्वासका नाताले ब्यवहार गरे पनि आफू पनि अरुबाट ठगिएकाले आफ्नो बदनामी भएको पत्रकार त्रिलोचन कोइरालाको भनाइ केही दिनमा युएईको बसाइ सकेर नेपाल फर्किने तयारी गरेको भन्दै नेपाल फर्केर आफ्नो ब्यवहार मिलाउने कोइरालाले भने


उज्यालो अनलाइनसँग कुरागर्दै कोइरालाले भनेकाम गर्ने क्रममा गल्ती भयो, दुईदिनमा हिसाब क्लियर गर्छु समाचार नलेखिदिनुहोला कोइरालाले पैसा फिर्ता गर्छु भनेको दुई दिन वितिसकेको तर अहिलेसम्म कसैलाई पनि पैसा फिर्ता गरेका छैनन उल्टै उनीबाट ठगिएको भन्दै सम्पर्कमा आउने बढेका छन्


पत्रकार महासंघमा राजीनामा, ठगी गरेको बारे अध्ययन सुरु

कोइरालाले पत्रकार महासंघ युएई शाखाको सल्लाहकार पदबाट राजीनामा दिएका छन उनले ठगेको बिषय सामाजिक सन्जालमा कुराकानी हुन थालेपछि कोइरालाले शनिबार राजीनामा दिएका हुन  


महासंघ युएई शाखाले राजीनामा स्विकृत गरेर बाँकी बिषयमा अध्ययन सुरु गरेको अध्ययनपछि सत्यतथ्य बिषय सार्वजनिक गरिने महासंघ युएई शाखाका उपाध्यक्ष संकल्प खनालले बताउनुभयो