9 Baishak, 2075 | 22 April, 2018 Sunday
मनको पीडा
2018-03-17 | तीताेपाटी डट कम

चोत जति पाएपनी हास्नुपर्ने रैछ
मुटुभित्र लुकाएर बाच्नुपर्ने रैछ ।

बिगतका कुरा सम्झी पछुताए पनि
चोखो माया दिलभित्र साच्नुपर्ने रैछ ।

अधुरो भो जिन्दगी यो तिमी गएपछी
उदास छु कहिले काही यक्लो भएपछि ।

हास्न खोज्छु जबर्जस्ती ओठ खोली खोली
कानभित्र गुन्जिदिन्छ तिम्रो मीठो बोली ।

आशै आशको जिन्दगीमा बाच्नुपर्ने रैछ
चोट जति पाएपनी हास्नुपर्ने रैछ ।।


रचनाकार - छवि राम सुनार ( निर्दोष )
डेढ गाउले भान्जा

बौदिकाली,  2 नवलपुर

हाल कुवेत