11 Baishak, 2075 | 24 April, 2018 Tuesday

तीतोपाटी डट कम- बैदेशिक रोजगारीका शिलशिलामा नेपालको सुदूरपश्चिम,प्रदेश  . का नौ जिल्ला बाट कुवेतमा प्रवेश गरि श्रमसँग संघर्ष गरिरहेका सुप. बासी हरुलाई एकजुट गराई प्रवासमा भैपरी आउने समस्या नेपालमा दैविक प्रकोपमा परेका साथै असाह्य गरिब  दिन दुखिको सेवामा   समर्पित यस सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आर्थिक, नैतिक,सामाजिक पहल गरि सुप. बासि तथा सम्पूर्ण नेपालीको हकहित अधिकारका लागि सहयोगको भूमिका खेल्ने उदश्यले १७फेब्रुरी २०१७ मा "सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली"भन्ने मुल नाराका साथ स्थापना भएको विशुध्द सामाजिक संस्था हो।


सुदुरपश्चिमेली नेपाली समाज यस समाजले विभिन्न रुपमा  प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मानबिय होस वा समाजिक हरेक क्रियाकलापमा सहभागिता हुदै आएको विशुध्द समाजिक सस्थाको रुपमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएको यस संस्थाले हिज १६ गते शुक्रबार का दिन दार्चुला जिल्ला ब्यास गाउपालिका वडा - बस्ने मान .धामीको घरमा मिति २०७४-११-- समय३:४५बजेे दिउँसो घरमा कोहि नभएको अबस्थामा घरभित्रको अगेनो बाट आगो सल्किन गई घर तथा भित्रको धनमाल"खाध्यान्न लत्ताकपडा" सुनचादी सहित महत्वपुर्ण कागजातहरु सबै नष्टभएको खबरले हामीहरू लाई स्तब्ध तुल्याएको


तसर्थ उक्त परिवार

 लाई सुदुरपश्चिमेली नेपाली समाज बाट सक्दो आर्थिक सहयोग गर्ने निर्णय समाजका महा-सचिब मान .बलायरले कार्यसमिति सदस्य गगन बिष्टको संयोजकत्वमा आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गर्नको लागि सबैमा अनुरोध गर्नु भएको थियो।


जसमा सुदुरपश्चिमेली समाजका सदस्यहरु बाट जम्मा संकलित रकम २५५ ७३ ( पच्चिस हजार पाँच सय तिरहत्तर रुपैया ) संकलन भएको जानकारी महा-सचिब मान .बलायरले जानकारी दिएका छन। उक्त रकम आज नै पठाएको पनि जानकारी दिएका छन।


सहयोगी सबैमा धेरे-धेरै धन्यबाद सधैभरी यसरी नै साथ सहयोग मिलिरहोस सबैमा आभार प्रकट गरेका छन।

सुदुरपश्चिम सेवा समाज कुवेत परिवार


स्थापनाकाल देखि अहिले सम्म सुदुरपश्चिम समाजले गरेका सामाजिक मानबिय सहयोगार्थ निम्म ठाउमा गरेको :


. महेन्द्र नगरका पत्रकार धिरेन्द्र सिनालको परिवार श्रीमति बुवा दुबै मृगौला पिडितलाई फागुन २७गते२०७३ मा ४०,०००(चालिस हजार नेपाली )सहयोग 


.चैत महिना २०७३ धुर्मुस-सुन्तली फाउनडेशन अभियान मुसर बस्ति निर्माणको लागि १४,०००(चौध् हजार नेपाली) सहयोग


.बैशाख २७गते २०७४ अवीर बर्षाका कारण डोटी जिल्ला शिखर नगर पालिका तिलतालि गाउमा बाढी ३६ घर परिवार लाई राहत सामग्रि बितरण जम्मा रू ,२३००० (एक लाख तेईस हजार )


. साउन २७ गते २०७४ अबिरल बर्षाका कारण तराइका बाढीपिडित लाई कैलाली को भजनि नगर पालिकाकै  तीन ओटा बिधालयमा शैक्षिक सामाग्रि बितरण जम्मा रु ६०,०००( साठी हजार)


.साउन २७गते२०७४ मरोङसुनसरी बाढिपिडित

लाई आर्थिक सहयोग जम्मा रु.५०,००० (पचास हजार ) 

. साउन महिनाकै बाढिपिडित अभियान गैरआवासिय नेपाली संघ कुवेत लाई आर्थिक सहयोग रु.१७,००० (सत्र हजार नेपाली) 


. फागुन १३गते २०७४ कैलाली मौन्यालका क्यानसर पिडित बालक लाई आर्थिक सहयोग रु.२०, ०००(बीस हजार नेपाली) सचिव बलायरले सुदुरपश्चिम समाज कुवेतमा आवद्ध हुन सबै सुदुर बासी लाई हार्दिक अनुरोध गरेका छन।


महा-सचिब :मान .बलायर सम्पर्क-६५८५५४४०