11 Baishak, 2075 | 24 April, 2018 Tuesday

बसन्त थापा- कल्याणकारी युवा सेवा समाज कुवेतले हिज मार्च १५,२०१८बिहिवारका दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो।कुवेतको कबडमा रात्रि भोजको साथ राखिएको कार्यक्रममा प्रमुख अथिति पत्रकार महासंघ कुवेतका अध्यक्ष  हरीकृष्ण न्यौपाने तथा कुवेतमा कृयाशिल बिभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा थियो।


सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यको साथ क़रीब एक वर्ष पहिला कुवेतमा संगठित संस्था कल्याणकारी सेवा समाज कुवेतले कुवेतको कबाड़ स्थित हलमा सामाजिक  व्यक्तित्वहरूसँग समीक्षा तथा अन्तरक्रिया कार्यक्रम राखेको संस्थाका उपाध्यक्ष प्रदिप कार्कीले तीतोपाटी डटकमलाई बताए।



देशका बिभिन्न ठाऊबाट रोजगारीको लागी कुवेत आएका नेपाली दाजुभाई-दिदीबहिनीहरुलाई समस्यामा परेका बेला सबै संग सहकार्य गर्दै बिगत जसरी आगामी दिनमा पनि पीड़ितको पीड़ामा मलहम लगाऊँने लगायतका बभिन्न कामका खाका तयार गर्दै रहेको आफ्नो जिम्मेदारीपूर्ण काम गर्नु संस्थाको मुख्य उद्धेश्य रहेको उक्त समाजका अध्यक्ष नीरज ठकुरीले बताएका छन।


उक्त कार्यक्रम्मा समाजले कुवेतमा निस्पक्ष समाचार टिप्पणी लगायत सत्य तथ्य खबरहरू संप्रेषण गरेको भनी पत्रकार न्यौपानेलाई सम्मान गरेको थियो।


कार्यक्रमका संयोजक सुबास श्रेष्ठको स्वागत मन्तब्य संगै कार्यक्रम संचालन रवि वान्तवाले गरेका थीए भने पत्रकार महासंघ कुवेतका अध्यक्ष हरीकृष्ण न्यौपाने, विबेक़िल साझा पार्टी कुवेत प्रतिनिधि लगाएले शुभकामना मन्तब्य ब्यक्त गरेका थीए।


उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद दिदै अध्यक्ष ठकुरीले  कार्यक्रम समापनको घोषणा गरेका थीए।