11 Baishak, 2075 | 24 April, 2018 Tuesday

बसन्त थापा- बैदेशिक रोजगारीको सिलसिलामा सिन्धुपाल्चोक जिल्लाबाट कुवेत आइ कार्यरत नेपालीहरुको संस्था सिन्धुपाल्चोक सेवा समाज कुवेतको प्रथम एेितहासिक अधिबेशन १६ मार्च शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित अल हाइतम रेस्टुरेन्टमा सम्पन्न भएको


सिन्धुपाल्चोक सेवा समाज कुवेतले आफ्नो प्रथम ऐतिहासिक अधिवेशन  माधव पौड़ेलको अध्यक्षतामा बिकास तामाङ गोलेलाई सर्वसहमत चयन गर्दै अधिवेशनलाई भब्यरूपमा सम्पन्न गरेको हो।


"मन वचन कर्मले सेवा गरौ, सिन्धु विकासको लागी अघि सरौ"भन्ने मुल नाराका साथ स्थापना गरीएको उक्त संस्थाले स्थापनाको छोटो कालमै उदारणिय काम गर्दै आएको छ।


सेप्टेम्बर-१७,२०१७का दिन स्थापित संस्थालाई  माधव पौड़ेलको नतृत्वमा, बृहत भेला आयोजना गरी तदर्थ  समिती गठन गरेको समाजले आज अधिवेशन गरी बैधानिकता प्रदान गरेको छ। 


नेपाली दुतावास कुवेतका श्रम सहचारि ज्ञानेंद्र शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष माधव पौड़ेलको रहेको थियो, भने कार्यक्रम संचालन माधव शर्माले गरेका थीए।


राजकुमार श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा विशेष अतिथीहरुले केक काटेर गरेका थिए भने सिन्धुपाल्चोकको बारेमा सबै कुरा समेटेर बनाईएको बृतचित्रले सबैको मन छोएको थिए 


उक्त कार्यक्रममा बोल्दै नेपाली दूतावासका प्रमुख अतिथी तथा श्रम सहचारि ज्ञानेंद्र शर्माले सामाजिक कार्यमा सिन्धुपाल्चोक समाज कुवेतले स्थापनाको छोटो समयमा राम्रो काम गर्दै आएको बताएका थिए, साथै समाजको यो रफ्तार नयाँ कार्यसमितिले अझै बढाउने शुभकामना व्यक्त गरेका थिए  


शुभकामना मन्तब्यका क्रममा पत्रकार महासंघ कुवेतका अध्यक्ष समेत रहेका समाजको बिधान संयोजक हरीकृष्ण न्यौपानेले सिन्धुपाल्चोकका बारेमा प्रसट्याउदै समाजले कुवेतको नेपाली समाज संग हातेमालो गर्दै अघि बढ़ने बताए। इन्द्र पोख्रेल, लोमस बास्तोला, दिल स्याङ्वो, डिबि लोप्चन, श्याम बहादुर लामा, रुपेन हमाल, रमेश किराँती लगाएतले समाजको बारेमा बोल्दै नयॉ समितीलाइ शुभकामना  दिएका थिए।


उक्त कार्यक्रममा समाजलाई साथ सहयोग गर्ने सिन्धुपाल्चोकका पुर्ब बाशिन्दा लोक गायक डिबि लोप्चन तथा दिल स्याङ्वो र छिमेकी जिल्लाका सुन बहादुर तामाङ, युग लामा, प्रदिम नेपाली लगाएतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा उपस्थित पाहुनालाई ब्याज बितरण कृति गोले सानु तामाङले गरेका थिए ।


कार्यक्रममा बिभिन्न नृत्य र गायनहरु पनि राखिएको थियो


कार्यक्रमको दोस्रो चरणमा कार्यक्रमका सभापति तथा संयोजक माधव पौड़ेलको सभापतित्वमा सन्चालित बन्द सत्रले बिकास तामाङ गोलेको अध्यक्षतामा ३५ सदस्य समितिको समेत निर्माण गरेको  


अधिवेशनबाट सर्व-सहमतीमा निम्न अनुसारको कार्य समिती संरक्षक तथा सल्लाहाकार समिती गठन गरिएको छ।


अध्यक्ष-बिकास तामाङ गोले,


उपाध्यक्ष-राम कार्की,


सचिब-राज कुमार श्रेष्ठ,


सह-सचिब-हरी राम श्रेष्ठ,


कोषाध्यक्ष:-रोशन पाख्रिन,


सह कोषाध्यक्ष :-निमा तामाङ,


महिला संयोजक:- कृति माया तामाङ गोले,


सदस्यहरु:- प्रेम घिसिङ, माया तामाङ, संगिता लोप्चन, सुबास श्रेष्ठ-बी, राम , हरी नेपाल, जनक कुमार लुइँटेल , राज दंगाल, सानू तामाङ ,


प्रमुख संरक्षक:- राजेन्द्र बोम्जन तामाङ,

संरक्षकहरु:- अर्जुन तामाङ, हरी कृष्ण न्यौपाने, माधव पौडेल, श्याम बहादुर लामा, टेन्डुप शेर्पा, सुवास श्रेष्ठ, प्रदिप कार्की, डि बि लोप्चन, दिल स्याङवो, राम घलान लामा, राजु थापा, सुरेश ग्याब्बा तामाङ, सुन बहादुर तामाङ  नवराज पराजुली,


सल्लाहाकारहरु:- राम कुमार श्रेष्ठ, मणिराम पराजुली, केशब महर्जन, राजन श्रेष्ठ, गुण बहादुर थापा, प्रदीप नेपाली, युग लामा