9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीताेपाटी डट कम — चाइनिज पेस्तोल र ६ राउन्ड गोलीसहित प्रहरीले गणेश लामालाई पक्राउ गरेको छ । गुण्डा नाइकेका रुपमा चिनिएका लामा यसअघि प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका थिए ।


सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए ।

गौशालाको पशुपति भिजनमा गोली चलेको आवाज सुनेपछि प्रहरी त्यहाँ पुग्दा लामा भेटिएका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले लामालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको कान्तिपुरमा समाचार छ ।