12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीताेपाटी डट कम - कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।

प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरेको अनलाइन खबरमा समाचार छ ।

उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । र, अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ ।