तीतोपाटी डटकम - कुवेतको मरुभुमीलाई केही समयदेखी कर्मथलो बनाएर परोपकारी पत्रकारिता द्वारा छुट्टै पहिचान बनाईसकेका दाङका राज मल्लले आफ्नो अभिनय कलालाई अझ ससक्त बनाउदै आफ्नो अभिनय रहेको बार्हौ भिडीयो "लाखौ तारा टाढा-टाढा,जुन त सधैं एक्लो हुन्छ"बजारमा ल्याएका छन।मार्च-१२,२०१८ का दिनबाट यूट्युब च्यानलबाट बाहिरिएको उक्त गजल गीतमा हालका नेपाली आधुनिक तथा गजल बिधामा अत्याधिक रुचाइएको गायक शिव पारीयारले स्वर भरेका छन।
खगेन्द्र पराजुलीको शब्द,डी आर अटुको संगित, बिष्णु अधिकारीको एरेन्जिङ रहेको उक्त म्युजिक भिडियोलाई निरेम प्रोडक्सनले बनाएको हो।कुवेतमै रहेर पनि नेपाली गीत-संगित, अभिनय तथा जानकारी र सन्देश मुलक भिडियोहरु बनाउदै आएको निरेम प्रोडक्सनले यो म्यूजिक भिडियोलाई अत्यान्तै मेहनतका साथ उत्कृष्ट बनाएको बताएको छ।
राज मल्ल, कबिता खडका र रुपेन्द्र बिक्रम हमालको जलन्त अभिनय रहेको यस म्यूजिक भिडियोमा बियोगन्तक प्रेम कथालाई भिडियोमा उतारिएको छ।यस भिडियोमा अभिनय गर्ने निरेम प्रोडक्सनका राज मल्लको उनले गरेको परोपकारी पत्रकारिताको माध्यमबाट समाजमा उनको उचाइ बढीरहेको छ।त्यसै गरी लुम्बिनी समाज कुवेतका अध्यक्ष समेत रहेका रुपेन्द्र बिक्रम हमाल बिभिन्न राहत-उद्दारका कार्यहरुकै कारण सामाजिक अभियान्ताका रुपमा चिनिन्छन।
कुमार गुरुङ शौचालयमा मृत भेटिए,मलेसिया पुगेको ३ महिना नपुग्दै
गर्भमा छोरी छ भन्ने थाहा पाएपछि श्रीमानले श्रीमतीको गरे हत्या
पत्रकार महासंघका पुर्व महासचिव केसीले बुवाको नाममा बितरण गरे छात्रवृत्ति
सानो सिरुवारीमा सौर्य लिफ्टबाट खानेपानी, स्थानीय जनताहरुको अनुहारमा खुसि
कागजमा जेसुकै होस्, नेपाल हिन्दुराष्ट्र नै हो, पुर्वमन्त्री ढकाल
सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
राप्ती एकता समाज कुवेतको अध्यक्षमा कृष्ण बहादुर खड्का
पक्राउ परेपछि दीपक मनाङेले भने, 'मलाई वकिलले डुबाए, अदालत जानुपर्ने, यता (हिरासत)मा पो आउनुपर्यो'