12 Jestha, 2075 | 26 May, 2018 Saturday


तीताेपाटी डट कम - प्रदेश नम्बर ४ का सांसद एव नेकपा एमाले ४ नम्बर प्रदेशका इन्चार्ज किरण गुरुङ्गले कोरलादेखि भैसालोटन जोड्ने बाटोलाई द्रुतमार्गको रुपमा बिकास र बिस्तार गरिने बताउनु भएकोछ ।


प्रदेश राजाजधानी पोखरा जोड्ने यस बाटो चिनको सिमाना कोरला देखि मुक्तिनाथ, जोमसोम, म्याग्दीको बेनि, पर्वतको कुस्मा, पोखरा खैरेनिटार , भिमाद, डेढगाउ, कावासोती, त्रीबेणि हुदै भैसालोटन नाकामा राष्ट्रीय गौरबको योजनाका साथ भारतमा जोडिने गुरुङ्गले थप्नुभयो।


प्रदेश राजधानी पोखराबाट सांसद गुरुङ्गको नेतृत्वमा यस बाटोको अवलोकन र निरिक्षणमा आएको टोलिमा नवलपरासी वर्दघाट सुस्ता पुर्वका प्रदेशसभा सांसद जनकलाल श्रेष्ठ, तनहु भिमाद नगरपालिकाका मेयर मेख बहादुर थापा लगायतले पोखरादेखि तनहु खैरेनिटार, भिमाद, नवलपरासी बौदीकाली डेढगाउ, मिनामकोट, बबक, राईकोट, धौबादी, पोखरी, कावासोती, त्रीबेणिसम्म पुग्ने बौदीकाली डेढगाउ२का वडाध्यक्ष बालप्रसाद ठाडाले बताउनु भयो । टोलिले आजै डेढगाउमा स्थानिय सङ्ग भेटघाट समेत गरेको थियो ।