12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटी डट कम- वैदेशिक रोजगार कार्यालयलाई जोर्डनमा सय महिला घरेलु कामदार (हाउसमेड) पठाउन श्रम स्वीकृति प्रदान गर्ने बाटो खुलेको   संस्थागत रूपमा जोर्डनमा पहिलो पटक हाउसमेड पठाउने प्रक्रिया सुरु भएको हो 


श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले दुई देशबीच श्रम सम्झौता भइसकेको भन्दै कार्यान्वयनका लागि वैदेशिक रोजगार कार्यालयलाई मंगलबार अनमुति दिएका हुन् 


जोर्डनमा सय महिला पठाउन म्यानपावर कम्पनीले मागपत्र पेस गरेका थिए  मन्त्रालयको अनुमति तथा निर्देशन नहुँदा रोकिएको थियो,’ वैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख प्रेमकुमार देसारले कान्तिपुरसँग भने, ‘मन्त्रालयको अनुमति आइपुगेको   फाइल अध्ययन गरी श्रम स्वीकृतिको प्रक्रिया बढाउनेछौं 


नेपाल जोर्डनबीच गत कात्तिकमा श्रम सम्झौता भएको थियो  घरेलु कामदार निर्देशिकाले श्रम सम्झौता भएपछि मात्रै घरेलु कामदार पठाउन अनुमति दिन मिल्छ  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम सम्झौता नभएसम्म हाउसमेड पठाउन रोक लगाउने निर्देशन दिएपछि विभागले व्यक्तिगत संस्थागत रूपमा हाउसमेड पठाउन एक वर्षअघि रोकेको थियो  विभागले बिदामा आएका हाउसमेडलाई समेत पुन: श्रमस्वीकृति दिएको छैन 


घरेलु कामदार पठाउन जोर्डनसँग मात्रै श्रम सम्झौता भएको ,’ वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले कान्तिपुरलाई भने, ‘हामीले २५ लाख रुपैयाँ थप धरौटी राखेर हाउसमेड पठाउने म्यानपावर सूचीकरण गरेका छौं  उनीहरूलाई मात्रै घरेलु कामदार पठाउन अनुमति दिनेछौं श्रम सम्झौताअनुसार हाउसमेडमा जाने कामदारको सम्पूर्ण आर्थिक दायित्व स्पोन्सरले ब्यहोर्नुपर्ने   घरेलु कामदारको उमेर २४ देखि ४५ वर्ष तोकिएको   श्रम सम्झौतामा घरेलु कामदारको न्यूनतम तलब सय डलर बिमा १० हजार अमेरिकी डलर हुने उल्लेख  


कामदारको राहदानी आफैंसँग रहने, कामदारले आफ्नो धर्म मान्न पाउने, कामदारलाई राखिएको क्याम्पमा नेपाली दूतावासले निरीक्षण गर्न पाउने व्यवस्था श्रम सम्झौतामा  कामदारको जिम्मेवारी दुवै सरकारले लिएका छन्  अब दुवै सरकार आफ्ना दायित्व पूरा गर्न बाध्य हुनेछन्,’ विभागका महानिर्देशक भुवन आचार्यले बताए  जोर्डनमा झन्डै हजार नेपाली कार्यरत छन्  जसमा ८० प्रतिशत महिला छन्  अधिकांश गार्मेन्ट क्षेत्रमा कार्यरत छन् 

 

साभार/ कान्तिपुर