12 Jestha, 2075 | 26 May, 2018 Saturday

चित्र के.सी   - २०४५ सालमा ३० बर्षे पंचायती शासन विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन चलिराखेको थियो । गुल्मी जिल्लाको शान्तिपूर उदय माध्यमिक बिध्यालयमा म कक्षा आठमा पढ्थे त्यो बेला नेपाल बन्द भन्ने शब्द पहिलो चोटि सुनेको थिए । मेरो पहिलो राजनीतिक गुरु थानेस्वर शर्मा (काका) उहाँ हाम्रो गाऊँ बागलुङ सल्यान बाट बसाई सरेर शान्तिपुर माध्यामिक बिध्यालयमा मेरो इतिहास शिक्षक हुनुहुन्थ्यो । सायद बागलुङमा कुलराज शर्मा (काका) पछि कांग्रेस बढाउने अभियानमा उहाँको त्यो भूमिका निकै सक्रिय थियो


गुल्मी जिल्ला बसाई सरे पछि पनि उहाँ त्यहि गतिबिधिमा निकै सक्रिय हुनुभयो । जब २०५६ सालमा उहाँ माथि माओबादीका कार्यकर्ताले हात खुट्टा काटेर मृत्युको दोसाधमा पुर्याए पछि अहिले उहाँ सक्रिय राजनीति छोडेर चितवनमा बसोबास गर्दै आऊनु भएको छ म बागलुङ जन्मे पनि मेरो शैक्षिक अध्यन ७ कक्षा पछि गुल्मीमा शुरू भयो पढ्नमा राम्रै थिए, बिस्तारै राजनीति प्रति पनि झुकाब बढ्न शुरू भयो । मेरो गाऊँ इकाई समितिको नेबि संघको अध्यक्ष भए २०४६ मा,  अनि २०४८ सालमा उदय माध्यामिक बिध्याल शान्तिपूरको चुनाब नै लडेर १०४ मत का साथ इकाई अध्यक्षमा बिजयी भए


मेरो प्रतिस्पर्धी आनन्द शर्मा थिए, जस्ले ५१ मत लिएका थिए भने अर्को प्रतिस्पर्धी राजेन्द्र कार्कीले ३ मत । म बाग्लुङ छदा मलाई राजनैतिक प्रेरणा दिने कुलराज शर्मा, गोपाल प्रसाद सापकोटा, राम प्रसाद आचार्य, हर्क खत्री, मणि भद्र कंडेल, जगदिसचन्द्र उपाध्याय, हरि श्रेस्ठकिरण पौडेल हुनुहुन्थ्यो, भने पछिल्लो क्रममा प्रकाश पौडेल, सिह बहादुर राना, नबराज पौडेल, धुर्ब गौतम, गंगाधर शर्मा, टेक राज पौडेल, एक राज गिरी, महेन्द्र कंडेल, चित्र कार्की, नारायण आचार्य, टिका पौडेल, बसन्त श्रेस्ठचित्र पुन लगायतका अन्य धेरै साथीहरु तथा अग्रजसंग सहकार्य र सम्पर्क थियो । माथिका नाम मध्य मलाई अत्यन्तै माया गर्ने कुलराज शर्मा र गोपाल प्रसाद सापकोटा अहिले पार्टी राजनीति छोड़ीसक्नु भएको छ


कुलराज शर्मा काका पंचायत कालमा बाग्लुङ नेपाली कांग्रेसको सभापति देखि पार्टीको तर्फबाट दुई पटक राष्ट्रिय पंचायतको सदस्य हुंदा संसदमा बहुदल हुनु पर्दछ भनेर सदनमा बोल्दै गर्दा पदम सुन्दर लावती बाट कुटाई खाएर मेरो हात समेत भाचीएको थियो । गोपाल प्रसाद सापकोटा २०४९ सालमा जिल्ला बिकास समितिको सभापति हुनु भयो । त्यस पछि २०५६ सालमा संसदीय चुनाबमा पराजित हुनु भयो । त्यो समयमा म बागलुङ क्षेत्र नम्बर २ को ने.बि संघको क्षेत्रीय अध्यक्ष थिएचुनाब प्रचारको अभियानमा मलाई राष्ट्रिय जनमोर्चाको कार्यकर्ता बाट सूखौरा भन्ने ठाऊमा सांघातिक आक्रमण परेर मेरो बायाँ खुट्टा भाचीएको थियो हेलिकप्टर बाट तत्काल उद्दार गरि पोखरा हुदै थप उपचारको लागि काठमांडौ लिएर झंडै निको हुन २ महिना लागेको थियो त्यो समयमा हाम्रो क्षेत्र अन्तर्गत ९ ओटा मतदान केन्द्रमा मसालले एकलौटी बूथ क्याप्चर गरेका थिए राजनैतिक दौरानमा कुटाई पिटाई त यति खाए भनि साध्य छैन


अनि २०५० सालमा थप अध्यन गर्न (intermediate) त्रिभुवन बहुमुखी कलेज आए । त्यो कलेजमा अध्यन गर्ने क्रममा बिधान श्रेस्ठ, मोहन पाण्डेय, भरत बस्नेत, राजेन्द्र गोपाल सिंह, पदम न्यौपाने, अजय कर्मचार्य, देबेंद्र पौडेल, नरि नारायण कंडेल, झबिंद्र खत्री राजेन्द्र नौपाने लगायतका कांग्रेसका अन्य अग्रज संग राजनैतिक सहकार्य हुदा इकाई सचिब हुदै नेपाल बिधार्थी संघ धौलागिरी अंचल समन्वय समितिको अध्यक्ष भए । त्यो क्रममा मेरा आदरणीय नेता तथा दाईहरु चन्द्र भण्डारी, चन्द्र के.सी.,त्रैलोक्य प्रताप सेन, रूद्रमणि भण्डारी, भागवत ज्ञवाली लगायत मित्र महेन्द्र भण्डारी र प्रकाश ज्ञवाली(क्यानडा) निरन्तर सम्पर्क र भेटघाट हुने थियोत्यस पछि २०५३ सालमा बि.ए. अध्यन गर्न त्रिचंद्र कलेज आएत्यो समयमा तत्कालीन बिधार्थी नेता गगन थापा देखि धेरै बिधार्थी नेता र कांग्रेसका धेरै नेताहरू परिचय भयो


त्रिचंद्र कलेजमा पनि सक्रिय राजनीति गरे तर कुनै पदमा भने बसींन मेरो आफनै दाजु द्वय डाक्टर मन बहादुर के.सी. र स्वर्गीय दाई मनोज कुमार के .सी पनि राजनीतिमा सक्रिय र चासो राख्ने हुंदा मलाई थप प्रेरेणा र हौसला मिल्यो अनि २०५५ सालमा नेपाल बिधार्थी संघ बाग्लुङको गल्कोटमा भएको जिल्ला अधिबेसनमा अध्यक्षको समेत प्रत्यासी थिएपछि केन्द्रीय प्रतिनिधिको दबाबमा मैले उम्मेदवारी फिर्ता गरेर गंगाधर गौतम (हाल बेल्जियम) लाई सर्बसम्मत बनाइयो  अहिले म माओबादी द्वन्दको कारणबाट युएई आएको पनि १२ बर्ष पूरा भयो । आज भन्दा ८ बर्ष अघि मेरै पहलमा ९ जना साथीहरु जम्मा गरेर नेपाली जनसम्पर्क समिति युएईको स्थापना गरेको थिए । जुन समितिमा कुनै गुट उपगूट नभैकन तेस्रो अधिबेसन सम्पन्न गर्दै गर्दा सर्बसम्मत गराइएको छ मेरो लगभग बिधार्थी राजनीति देखि अहिले सम्म निरन्तर २६/२७ बर्ष राजनैतिक यात्रामा छु पार्टी संगठनमा अहोरात्र खटेको छु । तर मेरो कुनै लोभ, लालच, स्वार्थ र महत्वाकांक्षा पनि छैन । एक मात्र स्वार्थ पार्टी एकतावद्द भएर बीपीले कल्पना गरेको प्रजातांत्रिक समाजबादलाई अवलम्बन गरेर देश र जनताको पक्षमा काम होस् भन्ने मेरो दृढ संकल्प हो