7 Jestha, 2075 | 21 May, 2018 Monday

बसन्त थापा- सुदुरपश्चिम सेवा समाज कुवेतले गत फेब्रोवरी १६ तारिक सम्पन्न आफ्नो संस्थाको प्रथम वार्षिक उत्सबको समिक्षा, जलपान कार्यक्रम तथा प्रथम सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।मार्च-२,२०१८ शुक्रवारका दिन डम्पा लोड्ज रेष्टुरेन्ट साल्मियामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

(हिमाल पहाड तराइ एकताको कमना

समृध्द समाज निर्माण सु. समाजको चाहना) भन्ने मूल नारा लिएर २०१७ सालमा स्थापना भएको उक्त संस्थाले स्थापनाको छोटो समय मै उदाहरणीय काम हरु सम्पन गर्न सफल भएको थियो


कार्यक्रम प्रथम उपाध्यक्ष केशब मगर को सभापतित्वमा समपन्न उक्त कार्यक्रमका प्रमुख अतिथि माउण्ट एभरेष्ट स्पोर्टिंग क्लबका अध्यक्ष ''इन्द्र पोख्रेल'' तथा विशेष अतिथि ''राजेन्द्र बिरही'' अतिथि अन्तराष्ट्रिय नेपाल कलाकार समाज कुवेतका अध्यक्ष ''बि.बि मल्ल ठकुरी" लालिगुराँ सास्कृतिक मञ्चका अध्यक्ष ''माधब पौडेल'' कल्याणकारी युवा समाज कुवेतका अध्यक्ष ''निरज ठकुरी'' सहित संस्थाका बरिष्ठ- सल्लाहकार संरक्षक तथा महा-सचिब लगायतले स्वागत मन्तब्य सहित बधाइ ज्ञापन दिएका थीय।


उक्त कार्यक्रमको संचालन भने कोषाध्यक्ष निरुमाया खड्काले गरेकी हुन।


सहयोगी संस्थाका प्रतिनिधि ब्यक्तिगत सहयोगी सहित सुदुरपश्चिम समाज कुवेतको बार्षिक उत्सबमा आफ्नो कला गला लाई प्रदर्शन गरि भरपुर मनोरन्जन दिनुहुने सबै कलाप्रेमीहरु लाई सम्मान गरेको थियो  


संस्थागत रुपमा स्थापनाकाल देखी हालसम्म यस संस्था लाई अहोरात्र आफ्नो तन"मन"का साथ संस्थाको वार्षिक उत्सव सफल पार्न लागि परेका यस संस्थाका महा-सचिब मान बहादुर बलायर लाई स्वागतका साथ सम्मान गरेको छ।


उक्त कार्यक्रममा हाम्रो निमन्त्रणा लाई स्वइकार्दै पाल्नु भएका बिभिन्न संस्थाका प्रतिनि हरूलाई धन्यवाद आभार प्रकट गर्दै  कार्यक्रमका सभापति ले संस्था दुःख मा मात्र होइन सधै चाहिने हुदा संस्था प्रति सदा सकारात्मक हुनुपर्ने बताउँदै   सभापति मगर ले कार्यक्रमको समापन गरेका थीए