12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटी डट कम-अर्घाखाँची गत फाल्गुन १४ गते सोमवार अर्घाखाँचीडट्कममा मुकेश पोखरेल हिमाल खबरले लेखेको  शितगंगा नगरपालिका प्रमुख, उप-प्रमुखले गाडी भाडाका नाममा ब्रह्मलुट मच्चाए शिर्षकमा साभार गरि प्रकासित समाचार तथ्यहिन, भ्रामक अनर्गल रहेको शितगंगा नगरपालिकाले बताएको  


शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेश्मीको निर्णयानुसार शुक्रबार एक विज्ञप्ति जारी गर्दै डट्कममा प्रकासित समाचारमा कुनै सत्यता नभएको भन्दै उक्त समाचारको खण्डन गर्दै आफ्नो गम्भिर ध्यानआकर्षण भएको बताएको


यस्तै खण्डनमा नगरपालिकाले समाचारमा भने जस्तो नभएर आफ्नो सवारी साधन नभएकोले वार्ड अध्यक्षहरुलाई मोटरसाइकल प्रमुख नगरप्रमुखलाई नगरपालिकाको कार्य संम्पादनको क्रममा मात्र प्रयोग गर्ने गरी आवश्यकता अनुसार गाडी पटके भाडामा लिणे नगर सभाको निर्यण बमोजिम अत्यावश्यक अवस्थामा मात्र भाडाको गाडी प्रयोग गरिएको उल्लेख गरेको


यस्तै नगरपालिकाले संचारमाध्यमहरुलाई सत्य-तथ्य समाचार प्रकासित गरेर सहयोग गर्न अनुरोध समेत गरेको तर प्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेश्मीले  समाचारको  खण्डन गरेता पनि २८ पुस महिनामा गरेको निर्यणमा त्यस्तो देखिदैन  


साथै मुकेश पोखरेलले लेखेका समाचारका विरुद्द शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेश्मी लगायत वार्ड प्रतिनिधिहरुले पत्रकार महासंघ, अदालतमा मुद्दा हाल्ने धम्की दिएता पनि आफ्नो २८ पुस महिनामा गरेको निर्यणको पुष्टी एवम समाचारमा प्रकासित वास्तविकताको बारेमा एक-एक गरी यतार्थ भन्न सकेका छैनन्  


उता २८ पुस महिनामा गरेको निर्यणमा अनुसार प्रकासित समाचार यतार्थ देखियता पनि नगरपालिकाले यस्तो खण्डन गरेको छ।


शाभार-अर्घाखाँचीबुलेटिन