12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटी डट कम - एक बर्षदेखी दुवै मृगौला फेल भएकी सरस्वती परियारको उपचारमा अार्थिक अभाव भएको छ । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी ३१ बर्षिय सरस्वती परिवाले अस्पताल बाटै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरू लार्इ सहयोगको अपिल गरेकी छन् ।

तनहुँ जिल्ला ब्यास नगरपालिका १३ घर भएकी ३१ बर्षिय सरस्वती परियार दुवै मृगौला फेल भएपछी बिगत १ बर्षदेखि अस्पतालमा छिन ।  घरको आर्थीक अबस्था  कमजोर भएकाले उनले १ बर्षदेखी अन्य कुनै उपचार गर्न नसकेर  डाइलोसिस गरेर बसिरहेकी छिन । घरमा कुनै अाम्दानीका श्रोत नभएकाले मजदुरी गरेर बिहान बेलुका मुस्किलले छाक टार्ने परिवारमा यति ठुलो बज्रपात परेको छ । उनको ११ बर्षिय छोराको भबिष्य पनि बिग्रिन्छ कि भनेर उनि चिन्तित रहेकी छिन ।

३१ बर्षको उमेरमै बहिनीको दुवै मृगौला फेल भएकोले चिन्तित हुदै कुवेतमा कार्यरत दाजु बल बहादुर परियारले बहिनीको उपचारमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सक्दाे सहयोगको अपिल गरेका छन ।

 सहयोगी मनहरुले सरस्वती परियारको माछापुच्छ्रे बैंक खाता नम्बर १२४०५२४१५२३५८०१९ वा सिधै फोन मार्फत सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ |
नेपालको सम्पर्क नम्बर, रमेश परियार – ९८१६१४६५६३ (श्रीमान )
बिष्णु राम परियार – ९८१३३८४९७८ (दाजु )
कुवेतमा, बल बहादुर परियार  +९६५-६०६१३२२४ (दाजु)