12 Jestha, 2075 | 26 May, 2018 Saturday


प्रसाद तिम्सीना,कुवेत - संगीत मेरो जीवनको एक अभिन्न अंग हो, पछिल्लो समयमा  चर्चाको शिखरमा पुगेर विभिन्न सांगीतिक कार्यक्रममा अतिनै  ब्यस्त बनेकी चर्चित गायिका तृप्ति खड्का गुरुङ तथा अर्का चर्चित गायक ऋसि खड्काको सुमधुर आवाज रहेको “बैसले मातिएर” बोलको गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजानिक भएको छ ।

अतिनै चर्चित हिट गितहरु गाएर नेपाली सांगीतिक बजारमा चर्चा बटुल्न सफल गायिका तृप्ति खड्का गुरुङ र अर्का सुमधुर आवाजका धनि गायक ऋसि खड्काको स्वर रहेको “बैसले मातिएर” यस गितले पनि चर्चा बटुल्ने क्रममा छ ।

गायक ऋसि खड्काको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक शंखर बि.सी.ले निर्देशन गरेका हुन । नेपालको बिभीन्न  रमणीय स्थानहरुमा छायांकन गरिएको यस भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन ।



मोडल शंखर बि.सी., बिजय गुरुङ र पार्वती राई तथा गायिका  तृप्ति खड्का गुरुङको अभिनय रहेको यस म्युजिक भिडियोलाई बि.जी.ईन्टरटेनमेन्ट प्रालिले बजारमा लिएर आएको छ ।