12 Jestha, 2075 | 26 May, 2018 Saturday

नारायण पोख्रेल- कुवेत राजनीतिक  रुपमा नेपालले धेरै पल्ट फड्को मार्यो।१०४ बर्षे राणा शाशनको अन्त्य,३० बर्षे एकदलीय पन्चायती व्यबस्था तथा पछिल्लो पटक माओबादी आन्दोलन ,मधेश आन्दोलन र ६२/६३ को आन्दोलनले राजतन्त्रको अन्त्य गर्दै संबिधान सभाकोको निर्वाचन र त्यसबाट निर्वाचित सभाले नेपाललाई गणतान्त्रिक मुलुक हुदै संघियताको नयाँ अभ्यासमा हामी पुगेका छौँ।त्यसको कार्यन्वयन गर्ने बिशाल जहाजको मुख्य पाइलटको भूमिका तपाई सामु आएको छ।मैले बुझे अनुसार हरेक मानिसमा १०० प्रतिशत गुण या अबगुण हुदैनन।गुणको  मात्रालाइ हेरेर हामी असल र खराब भन्ने बिचारलाई बुझ्ने गर्दछौं ।त्यसैले झापा आन्दोलनका सकारात्मक र नकारात्मक पाटाहरुको विचार विमर्श त्यस्तै तपाइको संग्लाग्नतामा भएका कतिपय सन्धि सम्झौताको बारेमा विचार विमर्श तथा बयलगाडीमा चढेर अमेरिका जान सकिदैन भन्ने तपाईका अभिव्यक्ति र त्यसको ठिक बिपरित  ९० डिग्रीमा आएको परिबर्तनलाई संस्थागत गरि तपाइले कल्पना गरेका विकास निर्माणका काम हरुलाई सम्पन्न गर्ने जिम्मेवारीमा तपाई पुग्नु भएको छ।सर्ब प्रथम तपाइको भूतपूर्व शुभ-चिन्तक जसले जीवनका १०/१२ बर्षका निक्कै महत्वपूर्ण समयहरु तपाइहरुले देखाएका बाटाहरुमा हिडेको कार्यकर्ताको तर्फबाट प्रधानमन्त्री बन्नु भएकोमा बधाई तथा पूर्ण सफलताको कामना गर्दछु।

नकारात्मक पाटाहरुलाई साइडमा राखेर मात्र तपाईका राम्रा या सकारात्मक पाटामा २/४ शब्द कोर्ने पंक्तिकारको मनोसाय हुदाहुदै पनि हरेक बिषयबस्तुलाई समेट्ने क्रममा केहि धुर्बसत्य कुराहरु तर नकारात्मक पाटाका बिषयबस्तु समेत पर्न सक्दा रहेछन तथापी त्यसको न्यूनतम प्रयोग  गर्ने प्रयास रहनेनै छ।तपाइको सकारात्मक पाटाको कुरा गर्दा गरिब निमुखा जनता ,मजदुर किसानको हकहितको लागि पुजीपति र दलालहरुको बिरुद्ध सुरु गरिएका हरेक आन्दोलनहरुमा तपाइको संग्लाग्नता र त्यसको नेतृत्व,समाजको उन्मुक्तिको लागि बर्षौ सम्म जेलजीवन यापन देखि केहि समय पहिला भारतले लगाएको नाकाबन्दीको खुलेर बिरोध र त्यसको कुशलपुर्बक समाधान गर्नु र विकास निर्माणमा विभिन्नखाले सपना देख्नु।यसलाई जति धेरै बर्णन गरेपनि नेपाली जनताले तपाईमा एउटा रास्ट्रबादी नेता देख्नुका मुख्य कारण यिनै हुन् किनभने हामी सबै नेपालीको आबस्यकता या चाहाना भनेको समानता,देशको राष्ट्रियताको सम्रक्षण गर्दै तिब्ररुमा आर्थिक विकास गरेर जनताले अवसर पाउनु हो।

भलै नाकाबन्दीको समय पररास्ट्रमन्त्रि मार्फत भारतलाई रिझाउन गरिएका भित्रि प्रयासहरु र कतिपय विकास निर्माणका कुराहरु समयको माग भन्दा बढी महत्वकांक्षी हुनु अर्को पाटो होला अन्तत नेपाल र नेपाली जनताले खोजेको आर्थिक विकास र यसको समान वितरण नै हो।अब देशको वर्तमान परिस्थिती बारे मैले देखेको र बुझेको कुरा २०३६ देखि २०४७ सम्म ब्यापकरुपमा संगठन बिस्तारको क्रममा हामीलाई जनबाद ,समाजबाद र साम्यबाद को रटान रटाउने तपाईहरु मध्ये आज धेरैजसो नेताहरु सरकार सन्चालनमा पुगी सकेका हुनुहुन्छ। कतिपय जनबादी शिक्षाको ओकालत गर्नेहरु ४८/४९ तिरै महंगाखाले अंग्रजी स्कुलका मालिक भएर हाम्रा भाइबैनी र छोराछोरीको भर्नाको लागि प्रचार प्रशार गरेको भेटिन्थे।


उनीहरु र उनका छोराछोरीहरु तपाईहरुको सम्रक्षणमा  आजको दिनमा ठुलाठुला क्याम्पस ,मेडिकल कलेजका मालिक भएर शिक्षाको नाममा हामी अर्काको देशमा रहेर पसिना बगाइ रहेकाहरुको पैसा लुटिरहेका छन।तिनीहरु र तिनैका छोराछोरीहरु विकास निर्माणको लागि हुने हरेक ठेक्का पट्टालाइ आफ्नो नियन्त्रणमा राख्न सफल भएका छन।


कर्मचारी तन्त्र तलदेखि माथिसम्म तिनैका छोराछोरी र नातागोताका मानिसहरुले भरिएको छ,जसले जनताको कुशल कार्यसम्पादन भन्दा आफ्नो र राजनीतिक पार्टीलाइ लाभान्वित हुने किसिमले काम गरिरहेको हुन्छ।यी नेताहरुको छायाँमा परेका धेरै शिक्षित र सक्षम युवाहरु नचाहादा नचाहादै पनि तेश्रो मुलुकमा गएर बस्न बाध्य छन।३ करोड जनशंख्या भएको मुलुकका ५० लाख भन्दा बढी २० देखि ५० उमेरका उर्जावान  जनताहरु अर्काको देशमा श्रम बेचेर परिबारको लालन-पालन गरिरहेका छन।जसले बार्षिक बजेटको ३० प्रतिशत श्रोत जुटाउने काम गरिरहेका छन।जो मानिसहरु माथि उल्लेख गरीयका हरेक आन्दोलनमा सहभागी भएका हरुनै हुन जसले तपाइहरुलाई त्यो स्थानमा पुर्याउन योगदान गरे तर तपाइहरुलाई चुन्ने अधिकार उनीहरुलाई छैन।यी ५० लाख मानिसहरु आफ्ना बाउ-आमा दाजुभाई दिदीबहिनी ,जीवनसाथी ,छोराछोरी समाज र आफ्नो देशलाई सधै मिस गरिरहेका हुन्छन।

यसमध्ये अधिकांस मानिसहरुले नेपालका प्रधानमन्त्रिले भन्दा बढी तलब पाएका हुन्छन तर पनि परिवारका सदस्यहरुलाइ गम्भीर प्रकृतिका बिमार लाग्दा थाईल्याण्ड,अमेरिका जस्ता देशमा त के आफ्नै देशमा उपलब्ध भएको उपचार गराउन सक्ने अवस्था छैन तर तपाईहरु भने सानोतिनो रोगको उपचारमा सम्पन्नशिल देशमा गइ राख्नु भएको कुरा सबैलाई थाहा भएको कुरा हो।परिबर्तनको खातिर आफ्नो पुरा जीवन समर्पण गरेका तपाई जस्ता नेताहरुले राज्यबाट उपचारको सुबिधा पाउनु हुदैन भन्ने मनोसाय हुदै हैन , तपाई हरु जस्ता नेताहरुत लामो समयसम्म बाचिरहनु पर्दछ तर आफूमात्र उपचार गर्न अरु देशमा जानेकी आफ्नै देशमा त्यस्ता अस्पताल निर्माण गर्ने जसले गर्दा हामीजस्ता जनताले पनि लाभान्वित हुन् सकुन।त्यस्तै  सानो घर या झुप्रोमा बस्ने ,मलिनो अनुहार लिएर हिड्ने सबै जसो नेताहरु सहर बजारमा ठुलाठुला महलमा बसेका छन।चिल्ला कारमा उनीहरु सवारी गरिरहेका छन।ब्यापार-ब्यबसाय केहि नभएका धेरै नेताहरु राम्रो तरिकाले जीवनयापन गरिरहेका छन र उनीहरुका छोराछोरीले राम्रो किसिमको अध्यन गर्ने अवसर सजिलै प्राप्त गरेका छन।

यस्तो अबस्थामा मुलुकमा स्थानीय ,प्रदेश र केन्द्र गरि ७ सय भन्दा बढी सरकार बनेका छन जसको कार्य सम्पादन गर्न खरबौं रकमको आबस्यकता हुन्छ।२०४६सालको परिबर्तन पछि लगातार तपाईहरु सत्ता र प्रतिपक्षमा बसेको अबस्थामा देशका दर्जनौं कलकारखाना हरु बन्द भएका छन।नेपाल कृषि प्रधान देश भनेर नथाक्ने हामीहरु आजको दिन सम्म दाल तरकारी र चामलहरु भारतबाट आएत गरिरहेका छौँ।उर्जावान युवाहरु अर्काको देशमा पसिना बगाइरहेका छन ,गाउँ घरका खेतीयोग्य भूमिहरु बंजिदै छन।बुढापाकाहरु साहारा बिना आफ्नो दुखत जीवन बिताउन बाध्य छन।यस्तो अबस्थामा मुलुकमा स्थानीय,प्रदेश र केन्द्र गरि ७ सय भन्दा बढी सरकार बनेका छन जसको कार्य सम्पादन गर्न खरबौं रकमको आबस्यकता हुन्छ।आन्तरिक ऋण उठाएर कर्मचारीको तलब खुवाउनु परिरहेको यो विषम वर्तमान अवस्थामा तपाइको  प्रधानमन्त्रीकोरुपमा दोस्रो कार्यकाल शुरु भएको छ ।तपाई सामु ठुलो चुनौती पनि छ र तमाम अबसर पनि किनभने आजसम्म तपाई बोल्नु भयो अब बेला आएको छ ति बोलेका कुराहरुलाई व्यवहारमा उतार्ने तपाइले भन्ने गरेका कुराहरु भातै मात्र खाने हो भने सुति सुति सरकारले भात खुवाउने जिम्मा लिनेछ।

घर घरमा ग्यासका पाइपलाइन,समुन्द्रमा नेपालको झन्डा वाला पानि जहाज,चाईना देखि काठमाडौँ पोखरा लुम्बिनी रेलमार्ग,प्रचुर मात्रामा बिजुलीको उत्पादन ,खानी उत्खनन ,कलकारखाना ,कृषिमा सुधार ,पर्यटन ,शिक्षा स्वास्थ्य अनेक अनेक यस्तै कुराहरु मानिसहरु तपाईका कुरा सुनेर हासोमा उडाउछन तर मलाई थाहा छ तपाइले भनेका हरेक कुराहरु सम्भब छन किनकी त्यस्तो विकास भएका देशमा हामीहरु काम गरिरहेका छौँ।तर तपाईका सपनाहरु पुरा गर्ने अवस्था कसरि निर्माण गर्ने ? त्यसको लागि आबस्यक पर्ने कुराहरु के के हुन् जसको जोहो कसरि गर्ने भन्ने मूल प्रश्न हो भन्ने मलाई लाग्दछ।तसर्थ तपाई साच्चिकै रास्ट्रबादी नेता हो भने अथवा पुस्तौ पुस्ता सम्म नेपालीहरुले तपाइको सम्झना गरुन भन्ने लाग्छ भने अब बोल्ने हैन गरेर देखाउने बेला आएको छ त्यसको लागि मैले देखेको कुरा भन्न पाउनु नेपाली नागरिकको अधिकार र कर्तब्य हो भन्ने मैले ठानेको छु।

सर्बप्रथम व्यक्ति मार्फत खोलिएका सबै स्कुल ,क्याम्पस र मेडिकल कलेजहरु उनीहरुलाई क्षतिपूर्तिको व्यबस्था गरेर सरकारीकरण गरि सिपमुलक शिक्षा नेपालको सबै ठाउमा लागु गर्न सक्नु पर्दछ जसले गर्दा सबैले यसको उपयोग लिन सक्नेछन र जसले तपाइको सपना पुरा गर्नको लागि  दक्ष् जनसक्तिको उत्पादन गर्नेछ। शिक्षा लाइ ब्यापारीको हात बाट सरकारको हातमा ल्याउनु पर्दछ।जनताले तिरेको कर अथवा नेपाल सरकारको पैसाबाट तलब लिने सबै कर्मचारीहरुलाई राजनीतिबाट पुरै बाहिर राख्ने।ठेक्का पट्टाको लागि आफ्नो पार्टीको सदस्य मात्र नहेर्ने अनुभब भएका सक्षम कम्पनि या मानिसहरुलाई ठाउँ दिने । राष्ट्रियताको सवालमा सबै जनता र राजनीतिक पार्टीको एउटा साझा धारणा या निति बनाउने।विदेशी लगानीकर्तालाई सुरक्षा र प्रतिफलको सुनिश्चितता गर्ने र ब्यापकरुपमा कलकारखाना खोल्न उत्पे्रित गर्ने । मुलुकभित्र फस्टाउदै गएको अनुशासनहीनता भ्रस्टाचारलाइ नियन्त्रण गर्ने।भारत र चीनको विकासबाट लाभान्वित हुनसक्ने किसिमका कामहरु गर्ने जसको लागि कूटनीतिक सन्तुलनको लागि पहलकदमी गर्ने।यी दुई देशबीचको कुटनीतिक सन्तुलन ठिक नभएसम्म तेश्रो मुलुक बाट अपेक्षाकृत लगानी आकर्षण गर्न कठिन हुनेछ।

यिनी समस्याहरु र यसका समाधानका उपायहरुको बारेमा मैले तपाईलाई सिकाउन पर्ने अबस्य हैन किनभने तपाइको पुरा जीवन देश र जनताको लागि दिनुभएको कुरा हामी राम्ररी बुझेका छौँ।मैले त खाली हामी समेत समस्या र समाधानका उपायहरु दिन सक्ने भैसकेका छौँ भन्न खोजेको मात्र हो ।म आफु चाही अर्काको देशमा पसिना बगाइरहेका मध्येको भएकाले बिदेशमा हुने ५० लाख मानिसहरुले एक लाख संकलन गर्ने हो भने पनि खर्बौ रकम जम्मा हुन सक्दछ।यदि साच्चिकै नेपाललाई सम्पन्नशिल देश बनाउने तपाइको विचार हो भने नेपालमा सबै भन्दा दिगो र फाइदा मुलक बिजुली उत्पादन हुनसक्दछ र बिदेशमा बस्ने ५० लाख मानिसहरुको पसिनाको कमाइको सदुपयोग गर्ने ग्यारेन्टी दिएर नीतिनिर्माण गरि अवसर दिने हो भने हामीले कमाएको एकलाख हैन दसौं लाख लगाउन तयार छौँ ।तपाइले गरेका विकास निर्माणका कुराहरु पुरा गर्न हामी जस्तो सुकै जोखिम मोल्न तयार छौँ किनकी हामी मात्र नभई हाम्रा पुस्ताले तपाइको नाम राम्रो राजनेताको रुपमा लिइरहुन् भन्ने हाम्रो चाहना हो यदि कुरा मात्र हो भने अबको परिस्थितीमा बिकासबिना नत देश राम्रो होला नत संघियता नै सफल होला अन्तमा देशनै गम्भीर मोडमा जानेछ के थाहा त्यतिबेला हामी नेपाली भन्न पनि नपाउने अवस्था आउन सक्छ।यदि यसो भयो भने तपाइको असफलता लाइ हास्य कलाकार थियो भनेर भन्ने पुस्ता पनि बाकी रहने छैन।तर म भने तपाइको कार्यकालमा तपाइले भनेका बाचा पुरा होउन र केपी ओली राजनेता होउन भन्ने पूर्ण आशा सहितको हार्दिक शुभकामना दिन चाहन्छु।

लेखक-नया शक्ती नेपालका केन्द्रिय सदस्य पनि हुन।