8 Falgun, 2074 | 20 February, 2018 Tuesday

बसन्त थापा- कुवेतको केएलडीडी भन्ने कम्पनीमा कार्यरत  दिलबहादुर पुलामी मगरको निधन भएको छ।
मृतक दिलबहादुर केएलडीडी कम्पनीमा बिगत बीस वर्ष देखी काम गर्दै आएका थीए।

गत फेब्रुअरी ११ तारीख का दिन बिहान ५:३० बजे ड्युटी जानको लागि तयारी गर्दै रहेका दिल बहादुर अचानक शौचालयमा  बेहोस अवस्थामा रहेको उक्त सँगै बस्ने साथीले जनाएका छन।

साथीका अनुसार दिलबहादुर लाई उपचारको लागि अस्पताल लैजाने क्रममा चिकित्सक टोलीले मृत घोषित गरेको थियो।

 सोही कम्पनीमा कार्यरत लिला प्रसाद पुलामीको जानकारी अनुसार दिलबहादुरको मृत्युको कारण हृदयघात हुन सक्ने बताएका छन।

श्रोतका अनुसार दुई दशक भन्दा लामो समय कुवेतमा कार्यरत दिलबहादुरको परिवारमा श्रीमती र एक छोरा एक छोरी रहेका छन। मृतक दिलबहादुरको परिवारले उनको मृत्यु भैसकेको जानकारी पाईसकेका छन।

मृतक मगरको शवलाई हाल फार्वनिया अस्पतालमा राखिएको छ । शवलाई छिटो भंन्दा छिटो कानुनी प्रकृया पुर्‍याएर नेपाल पठाईने नेपाली राजदुतावास कुवेतका प्रथम सचीव भोगेन्द्र लिङ्देनले जानकारी दिएका छन ।