8 Jestha, 2075 | 22 May, 2018 Tuesday

बसन्त थापा- कुवेतमा रहेको सिन्धुपाल्चोक सेवा समाज कुवेतले आरनिको यातायात सेवा समितिमा कार्यरत क्यानसर पीड़ित जनक राम पराजुलीलाई नेरु ६३०००/- नगद रकम उपचार ख़र्च सहयोग गरेको छ।

अरनिको यातायात सेवा समितिमा लामो समय देखि  परिचालक पदमा कार्यरत सिन्धुपाल्चोक जिल्ला बलेफि गाँपालिका ७ खाडिचौर निवासी जनक राम पराजुलि (सागर ) नसा सम्बन्धि रोगले ग्रसित भई  भक्तपुर क्यानसर अस्पतालमा उपचार गाराईरहेका छन।

स्थापना काल देखी समाजमा निकै सक्रिय रहेको सिन्धुपाल्चोक सेवा समाज कुवेतले छोटो दिनमै धेरै पीड़ितहरूलाई सहयोग गर्दै आएको छ

समाजले पीडीतको उपचारमा कुनै पनि कसरत बाँकी नराखि नँया जिवन प्रदान गर्न पीड़ितलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चिन्नुहुने महानुभावहरु,अरनिको यातायात सेवा समितिका पुर्व यातायात मजदुरहरु र सिन्धुपाल्चोक सेवा समाज कुवेत परिवारका सदस्यहरु बाट रकम संकलन गरेको थियो।

समाजले संकलन गरेको रकम १८५ केडि (नेरु ६३०००) रहेको छ। उक्त संकलन रकम भने  प्रभु मनि ट्रान्सफर मार्फत नेपाल पठाएको सोही संस्थाका अध्यक्ष माधव पौड़ेलले तीतोपाटी डट कम लाई जानकारी गराएका छन।अध्यक्ष पौड़ेलले जानकारी गराउदै सम्पूर्ण सहयोगी मनहरुप्रति सिन्धुपाल्चोक सेवा समाजले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ।

यसै बीच नेपाल र बिश्वका बिभिन्न ठाऊहरुबाट सहयोग रक़म ऊठाउने क्रम जारी छ ।
सहयोगीहरु को नामवली यस प्रकार रहेको छ


बिकाश तामाङ(गोले) २५ केडि
केशब महर्जन २० केडि
प्रदिप कार्की २० केडि
माधब पौडेल २० केडि
रघुनाथ कार्की १० केडि
राम कार्की १० केडि
प्रेम घिसिङ १० केडि
बिनोद नेपाल १० केडि
शम्भु नेपाल १० केडि
मनिराम पराजुलि १० केडि
रामहरि नेपाल १० केडि
अरुन लामा १०केडि
हरिकृष्ण न्यौपाने ५केडि
सुवास श्रेष्ठ ५ केडि
राजु कार्की ५ केडि
जनक कुमार लुइँटेल ५ केडि