8 Falgun, 2074 | 20 February, 2018 Tuesday
नारायण पाेख्रेल - गरिब निमुखा जनताको हकहित अधिकार ,मजदुरका हकहित र अधिकार ,भूमिहीनलाइ भुमि वितरण ,शिक्षा र स्वास्थ्यमा सम्पूर्ण जनतालाई समान अधिकार अथवा बुर्जुवा शिक्षा प्रणाली लाइ परिबर्तन गरि जनबादी शिक्षा लागु गर्ने प्रारम्भिक लक्ष्य सहित समाजबाद हुदै अन्तमा साम्यबाद सम्म पुग्ने भन्दै २००६ सालमा गठन भएको कम्युनिस्ट पार्टी गठन  विघटन टुटफुट संघर्स आन्दोलन अनेक घुम्तीहरु पारगर्दै फेरि पुन धुर्बिकरण को साथ पुर्णरुपमा बहुमत प्राप्त गरि सरकार गठनको प्रारम्भिक चरणमा छन I हजारौंको बलिदानीपूर्ण संघर्सपछि संबिधानसभा मार्फत बनेको नेपालको संबिधान अन्तत कार्यान्वनको चरणमा प्रवेश गरेको छ I यसलाई कार्यान्वन गर्नको निम्ति देशमा तीनै तह स्थानीय ,प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भइ नयाँ जनादेश अनुरुपको कम्युनिस्ट सरकार गठनको चरणमा छ I कम्युनिस्ट पार्टीहरुको लक्ष भनेको जनबाद ,समाजबाद हुदै साम्यबादमा पुग्नु हो भलै साम्यबाद असम्भब भन्ने कुरा अर्कै बहसको कुरा हुन् सक्ला I   तर पछिल्लोपटक को धुर्बिकरणले नेपालमा एउटा सकारात्मक सन्देश दिएको छ भलै रिजेल्ट को लागि हामीसंग केहि समय कुर्नु बाहेक अरु कुनै बिकल्प छैन तथापी देशको लागि कम्युनिस्ट हरु अथवा उस्तैउस्तै निति र कार्यक्रम लिएका अन्य पार्टी हरु समेत  धुर्बिकरण हुनु आबस्यकता पनि हो र सकारात्मक पनि हो I बामपन्थी हरु एक ठाउँमा , प्रजातान्त्रिक हरु अर्को  ठाउँमा र बैकल्पिक शक्तिहरु अर्कै ठाउँमा आउनको लागि पनि यसले सकारात्मक भूमिका खेल्न सक्दछ यसो हुन् सक्यो भने नेपालको राजनीति ले राम्रो गति लिने कुराको आशा गर्न सकिन्छ । 

२०४६ सालको जनआन्दोलन भन्दा पहिला आजको एमाले र तत्कालिन माले सबै कम्युनिस्ट घटक भन्दा बढी जनताको बिचमा परिचित थियो I तिब्ररुमा संगठन विस्तार हुने क्रममा सबैजसो अभियानता हरुको मुखबाट सुनिएको कुरा समानता यानी धनि र गरिब बराबर हुनेछन  , सबै जनताका छोराछोरीले समानरुपमा पढ्न लेख्न पाउनेछन ,जमिन जोत्नेको हुनेछ , सबैकोलागी शिक्षा ,स्वास्थ्य ,रोजगार र सुरक्षा राज्यको दायित्व हुनेछ । तर राज्य सन्चालनको नजिक पुग्दै गर्दा मालेले पार्टीको लाइननै परिमार्जन गरि जनताको बहुदलीय जनबाद बनायो भने यी उल्लेखित सरोकारका बिषय बस्तुको प्राप्तिको लागि माओबादीले शसस्त्र आन्दोलनको सुरुवात गर्यो I

१० बर्षे माओबादी आन्दोलन र ६२ /६३ को आन्दोलनले राजनीतिक रुपमा नेपालमा धेरै ठुलो परिबर्तन ल्याउन सफल भएको छ त्यसैले अबको मुख्य कार्यभार भनेको जनताको जीवनस्तर माथि भनिएजस्तै परिबर्तन हुनुहो I २०४६ भन्दा पहिलाका अधिकांश कमरेड हरु र २०५२को आन्दोलन हाँकेका अधिकांश कमरेड हरुको जीवनस्तर ९० डिग्रीको गतिमा परिबर्तन भएको छ । हामीलाई जनबादी शिक्षाको लागि लड्न लगाउने कमरेड हरु धमाधम नामचलेका अंग्रेजी स्कुल र क्याम्पस तथा ठुलाठुला मेडिकल कलेजका  डाइरेक्टर भएका छन जहाँ ८० प्रतिशत नेपालीहरु आफ्ना छोराछोरी पढाउन सक्ने सामर्थ राख्दैनन् I बैदेशिक रोजगारीमा गएका अधिकांश मानिसहरु आफ्ना छोराछोरी लाइ राम्रो शिक्षा दिने नाममा यिनै अंग्रेजी स्कुलमा आफ्नो पसिनाको कमाइ खर्चिरहेका छन तथापी सोचेजस्तो उपलब्धि मिलिरहेको छैन I एकातिर राज्यले आधारभूत तहको शिक्षा र स्वास्थ्यलाई जनताको अधिकारको रुपमा व्याख्या गरेको छ तर राज्यबाट सन्चालन भएका स्कुल र कलेजको अवस्था भने  निकै नाजुक अवस्था बाट गुज्रिरहेको छ I । अर्कोतिर निजि विद्यालयहरुले आफूले राज्यलाई तिर्नुपर्ने कर सोझै अभिभावकसँग उठाइरहेका छन्, अस्पतालहरुले पनि बिरामीबाट कर असुलिरहेका छन् किनकी यी सबै सम्रचनाहरु ब्यापकरुपमा राजनीति संग जोडिएका छन I यस्तो बिकराल अवस्थाबाट अब बन्ने कम्युनिस्ट सरकारले कसरि शिक्षा र स्वास्थ्यमा समानता ल्याउला कतै हात्ती आयो हात्ती आयो फुस्स भने जस्तो त हुदैन ? तथापी  आशा गरौं, अब बन्ने समाजवादी भनिएको कम्युनिस्ट सरकारले कमसेकम शिक्षा र स्वास्थ्यमा भए हुने गरेका बिकृति र विसंगतिको अन्त्य गर्दै समानता र हरेक जनताको पौंच हुने किसिमको व्यबस्था ल्याउनेछ ।