8 Falgun, 2074 | 20 February, 2018 Tuesday
नारायण पोख्रेल -कुवेतलाई कर्मथलो बनाई बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु मिलेर सामुहिक लगानी मार्फत नेपालमा गर्न लागिएको लगानीको लागि औपचारिक ढोका खुलेको छ । फेब्रुवरी २ तारिख २०१८ शुक्रबारको दिन जेलिब स्थीत पपिन्स सभाहलमा एनआरएनए, एनसिसि कुवेतको संयोजनमा सामुहिक लगानीका प्रमुख अभियान्ता सुरज मास्केले कुवेतमा कार्यरत नेपालीहरुलाई भेला गराई उक्त लगानीको सम्भाव्यता, नेपाली बजारको वर्तमान अवस्था र हामीले गर्न सकिने ब्यबसाय सम्बन्धि भाबी योजना सहितको खाका प्रस्तुत गरेका थिए ।
 
उक्त दिन देखि हाल सम्म यो समुहसंग जोडिएका र लगानीमा आकर्षित भएका अथवा लगानीको लागि निर्णय गरिसकेका सदस्यहरुको फेब्रुवरी ९ तारिक २०१८ शुक्रबारका दिन कुवेतको सालमिया स्थित एक रेस्टुरेन्टमा बिहान १०:०० बजे देखि मध्यान्ह १२:०० बजे सम्म बैठक बसेको थियो।पहिलो बैठकले  सुरज मास्केको नेतृत्वमा रहनेगरी बोर्ड अफ डाइरेक्टर गठन भएको छ । यो बोर्ड अफ डाइरेक्टर गठन संगै कम्पनीको रजिस्ट्रेसन देखि सन्चालनमा ल्याउनको लागि गर्नुपर्ने हरेक कामहरु गर्न सुरु गर्नेछ।

समितीले कुवेतमा कार्यरत धेरै भन्दा धेरै नेपालीहरुलाई समेट्न अभिप्रेरित गर्ने कामहरु पनि गर्नेछ । उक्त बैठकले  धेरैभन्दा धेरै लगानी कर्ताहरुलाई समेट्ने उदेश्यले न्युनतम एक लाख रुपैया र अधिकतम बिस लाख रुपैया सम्म मात्र लगानी गर्न सकिने कुराको पनि निर्णय गरेको छ । 

सामुहिक लगानीको लागि गठन गरिएको बोर्ड अफ डाइरेक्टरमा सुरज मास्के, रबि बन्जाडे ,बिक्रम थापा, राजिब खड्का, राजन कुँवर  र अरुण मास्के रहेका छन भने आमन्त्रित सदस्यको रुपमा नारायण पोख्रेल र राजेन्द्र बस्नेत रहेका छन।