8 Falgun, 2074 | 20 February, 2018 Tuesday

बसन्त थापा- कुवेतमा रहेको छोटो समयमा निकै चर्चामा आएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले फेरी एक पीड़ित महिलाको उद्धार गरेको छ।

बिगत ५ बर्ष देखि कुवेतमा भागेर बिभिन्न ठाऊमा (हाउस मेडको) रूपमा काम गर्दै आएकी चितवन 'अयोध्या पुरि' घर भएकी सुमित्रा सुनुवार को उद्धार भएको छ।

६ वर्ष पहिला मीठो सपना बोकेर कुवेत प्रस्थान गरेकी सुमित्रा, सपना केबल सपनामा मात्र सीमित रहयो नत पैसा कमाऊन सकिन नत सकूसल नेपाल फर्किननै।

आफू काम गर्ने घरमा दुख भए पछि घर छोडेर केहि वर्ष यता बाहीर काम गर्दै आएकी थीहीन

आकर्षक रोजगारीको प्रलोभनमा पारी उनलाई मीठो सपना देखाई अजेंट मार्फ़त सुमित्रा बिगत 6 वर्ष पहिला कूवेत आएकी हुन, र बिगत ५ वर्ष पहिला कुवेतमा भगेर काम गरेकी सुमित्रालाई कल्याणकारी नेपाली युवा समाजले सहज रूपमा  उद्धार गरेको छ।

कामको शिलशिलामा अचानक मुटु र जन्डिस को बिरामी रहेकि सुमित्रालाई सोही समयमा थाहा पायपछी कल्याणकारी नेपाली युवा समाजले पीड़ितलाई अस्पतालमा भर्ना गरेको थियो ।

बिगत ४५ दिन सम्म अादान अस्पतालमा उपचार्थ रहेकि सुमित्रालाई  कल्याणकारी नेपाल युवा समाज कुवेतको विशेष पहलमा उद्धार गरेको छ।

बिरामीलाई उक्त समाजको निरन्तर साथ र सहयोगले गर्दा  हस्पिटलबाट डिस्चार्ज भई सहज रुपमा नेपाल पठाऊन  सफल भएको र ।हस्पिटलको उपचार शुल्क मिनाह गर्ने देखि नेपाल जानको लागि कागज पत्र तयार गर्न सस्थाले महत्वपूर्ण भुमिका निर्वाह गरेको उक्त समाजका प्रथम उपाध्यक्ष प्रदिप कार्कीले तीतोपाटी डट कमलाई जनाकारी गराएका छन् ।

पिडतलाई भने कतार ऐरवयस मार्फत शनिवार बिहान घर फर्काईएको छ।