10 Falgun, 2074 | 22 February, 2018 Thursday
तीतोपाटी डट कम- नामिबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सुुखद सुरुवात गरेको छ ।
वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक निकालेको हो ।

नियमित ब्याट्सम्यानहरूले फेरि एक पटक अपेक्षाकृत प्रदर्शन गर्न नसकेको खेलमा बलरहरुले नेपाललाई जिताए ।

१३९ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात खराब रहृयो । टिमले खाता खोल्न नपाउँदै ओपनर दिलिप नाथ आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३२ रनको साझेदारी गर्दै कप्तान पारस खड्का व्यक्तिगत १९ रनमा आउट भए ।

लगतै आरिफ शेख शुन्यमै आउट भए । पाँचौं नम्बरमा शरद भेषावकर आए तर, लगतै ज्ञानेन्द्र व्यक्तगत १५ रनमा आउट हुन पुगे ।

दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट हुँदा करण केसीले ३ रन मात्र जोडे । डेब्यू ब्वाइ रोहितकुमार पौडेलले शरदलाई साथ दिने प्रयास गरे र सातौं विकेटका लागि ३७ रनको साझेदारी गरे ।

शरद व्यक्तिगत २९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९७ रन थियो । थप ११ रन जोड्दा रोहित पनि आउट भए । १७ रन बनाएका उनी एलबीडब्लू धरापमा परेका थिए ।

त्यसपछि बसन्त रेग्मी र सोमपाल कामीले पारी सम्हाल्ने प्रयास गरे ।

तर, नवौं विकेटका लागि १७ रनको सझेदारी गरेका सोमपाल ४७ औं ओभरमा बोल्ड हुन पुगे, जतिबेला नेपाललाई २० बलमा १८ रन चाहिएको थियो ।

४८ ओभरमा नेपालले २ रन मात्र जोड्यो भने अर्को ओभरमा बसन्तले छक्का हान्दै जित तर्फ डोहोर्याए । अब अन्तिम ६ बलमा ७ रन चाहियो ।

पहिलो बलमा २ रन लिएको नेपालका लागि दोस्रो बलमा बसन्तले चौका हाने । तेस्रो बल फ्राइलिंकले वाइड फालेपछि नेपालले  ३ बल खेल्नु अघि नै रोमाञ्चक जित निकाल्यो ।

सन्दिपले लिए ४ विकेट

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीको पनि सुरुवात राम्रो थिएन । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपाली बलरहरुले ३४.२ ओभरमा १३८ रन बनाउँदा नामिबियालाई अलआउट गरेको थियेा ।

उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । ग्रिन र जान फ्राइलिंकले समान २२ रन जोडे ।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने एक्लैले चार विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र १८ रन दिएका थिए । सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १-१ विकेट आफ्नो नाममा लेखाए ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ