8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डट कम- किराँत याक्थुङ चुम्लुङ इजरायलको मुख्य आयोजना तथा नेपाल मगर संघ इजरायल, ह्योल्मो  समाज इजरायल,  किरात राइ यायोक्खा नेपाल इजरायल  को सह   आयोजनामा आउदो २०१८  मार्च १६ तारिख  शुक्रवार नेपालबाट आउनु हुने  नेपाल आइडल टप ४ का सागर आले मगर साथै राष्ट्रिय कलाकार उपेन्द्र सुब्बाको साथमा  “सांस्कृतिक (कन्सर्ट) कार्यक्रम”इजरायलमा हुने भएको छ ।

उक्त कार्यक्रमबाट भएको मुनाफा गरिब विद्यार्थी बालबालिकाहरुको पढाइको लागि किराँत याक्थुङ चुम्लुङ इजरायलको कल्याणकारीकोषमा राखिने भएको  छ । उक्त कल्याणकारीकोषबाट अहिले सम्म ७ जना गरिब विद्यार्थी पढिरहेको र अझै विद्यार्थी बढाउदै लाने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको सस्थाका महासचिव कुमार आङदेम्बे अबिले तिनजुरे अनलाइन डट नेट लाइ  जानकारी गराउनु भएको छ ।

कार्यक्रमलाई सभ्य, भब्य र मनोरञ्जनात्मक बनाउनको निमित्त नेपालबाट आउनु हुने कलाकार हरुको भब्य प्रस्तुति साथै   इजरायलमा रहेका स्थानिय कलाकारहरुको प्रस्तुति पनि देख्न पाईने  छ, कार्यक्रमलाइ सब्य भब्य बनाउनको लागि  इजरायलबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा आयोजक कियाचु इजरायलले हार्दिकताक साथ अनुरोध गरेको छ।


देव बास्कोटा/ इजरायल