8 Jestha, 2075 | 22 May, 2018 Tuesday

बसन्त थापा- कुवेतमा रहेर समाजमा निकै अग्रसर रही आएका हमालले फेरी एकजना दुबई जेलमा रहेका नेपालीको उद्धारमा मुख्य भूमिका निर्भाह गरेका छन।
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० ध्रुवटोल घर भएका लेख प्रसाद गौतम, २०७३ भदौ महिनामा भिजिट भिसामा दुवई गएका हुन। दुबई गएका गौतम २ हप्ता अगाडि मात्र जेल परेका थिए|

गौतम भिजीट भिसा सकिएर म्याद थपका लागी प्रकिर्या गर्दै गर्दा ढिलो भएको र नेपाल फर्किनका लागि दुताबास बाट ट्राभल पेपर लिएर प्रहरीलाई बुझाउन जांदै गर्दा सिआईडीले पक्राउगरेको हमालले तीतोपाटी डट कम लाई बताएका छन।

भिसा सकिएपछि पनि अबैध रुपमा बसोबास गर्दैआएको भन्दै अदालतले गौतमलाई जरीवाना बापत ४६ हजार दिराम तिर्नुपर्ने बताएपछि कुवेत बाट हमालको विशेष पहलमा आर्थीक संकलन लागि अभियान सुरु गरिएको थियो।

दुबई अदालतले ४६ हजार दिराम १२,८८०० ने.रु. जरीवाना तोकिएपनि फेव्रुअरी २ तारिक सम्म २ हजार दिराम ५८,००० ने,रु, बुझाए नेपाल फर्किन सक्ने,  दुबई अदालतले बताएको थियो।

२ हजार दिराम बराबरको सहयोग रकम तत्काल संकलन
गर्नुपर्ने भएपछी हमालले सहयोगका लागी दुबई, कतार, र कुवेत, बाट हमालले १२०० दिराम,  ३४,००० ने, रु, पठाएका हुन।

उक्त समस्यको समाधान गर्नका लागी दुबई बाट सहकार्य गर्नुहुने मान बहादुर गुरुङ लाई हमालले विशेष धन्यवाद दियका छन। रकम दुबई अदालतमा भुक्तानी गरे लगत्तै गौतम हालै  नेपाल फर्केको अध्यक्ष हमालले जानकारी दीएका छन।