8 Falgun, 2074 | 20 February, 2018 Tuesday
चन्द्र बिश्वकर्मा - तीतोपाटी डटकम,मरूभुमि हालचाल तथा मरुभुमिको कोसेली छापा पत्रिकाको सन्चालन/प्रकाशन  गरीरहेको कोसेली समुह कुवेतको दशौं वार्षिक उत्सवको तयारी पुरा भएको छ। आगामी फेब्रोवरी १६,शुक्रबार-२०१८का दिन कुवेतको फर्मानिया स्थित अल हाइतम रेस्टुरेन्टमा बेलुकी ६ बजेबाट शुरु हुने उक्त कार्यक्रममा कुवेतबाटै प्रकाशित हुने एक मात्र छापा पत्रिका मरुभूमिको कोसेलीको २९ अाैं संस्करण बिमोचन हुनेछ।

कुवेतमा  स्थापना कालदेखिनै विभिन्न फरक किसिमका रचनात्मक  कार्यहरु  गरीरहेको कोसेली समुहका प्रबन्धक सुजन केसीका अनुसार  दशौं वार्षिक उत्सवको  उपलक्ष्यमा कोसेली समुहले कुवेतको नेपाली समाजमा २०१७ भरि भएका विभिन्न गतिविधिहरू, बिभिन्न जानकारी मुलक सामाग्रीहरु, साहित्यिक रचनाहरु तथा निर्बाचन बिषेश सामाग्रीहरू समेटेंको मरुभुमीको कोसेली पत्रीकाको  २९ अाैं बिशेष अंक प्रकाशन गरि  निःशुल्क वितरण गरिने छ ।

प्रवासमा रहेर पनि कुवेतको नेपाली समाजमा हुने गरेका गतिविधिहरुका साथमा नेपाल अनी विश्वभर घटने  गरेका महत्वपूर्ण घटना-परिघटना, समाचार,  सुचना, मनोरन्जन र जानकारीहरुलाई आम जनसमुदाय समक्ष पुर्याउन मिडिया हाउस लागिरहेको छ।अबका आउदा दिनहरूमा पनि सबैलाइ संचार क्षेत्रमा सु-सूचित गर्न, समयमै सही सुचना दिन तथा कुवेतमा रहेका सम्पुर्ण नेपालीहरुको सुख, दु:खमा साथ दिदै आबाज बिहिनहरुको आबाज बन्न कुनै कसर बाकि नराख्ने तीतोपाटीका प्रधान सम्पादक तथा पत्रकार महासँघ कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने  बताउछन।

 यसै बिच बिभिन्न माध्यमबाट कुवेतमा कृयाशील संघ-संस्थाहरु, त्यसका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकारहरुलाइ पत्राचार गरिएको कोसेली समुहको अध्यक्ष मनु भुजेलले बताएका छ। भुजेलले थपे"कसैले निमन्त्रणा  पाउनु भएको छैन भने यसै  समाचारलाई आधार मानी निम्न मिति, स्थान र समयमा वार्षिकोत्सब कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।"

कार्यक्रम हुने मिति, स्थान र समय  यस प्रकारको रहेको छ ।

मिति :- १६, फेब्रुअरी २०१८
स्थान :-  अल हाइतम रेष्टुरेन्ट, फर्वानिया(अल्गानियम इलेक्ट्रोनिक्सको अगाडि)
समय :- बेलुकी ६ बजे