8 Jestha, 2075 | 22 May, 2018 Tuesday

बसन्त थापा - कुवेतको कुसल नेपाली संस्था चितवन सेवा समाज कुवेतले यही फेब्रवरी ९ मा चितवन  धमाका २ कार्यक्रम को लागि नेपाली  रियालिटी शो , नेपाल आइडल " बाट चर्चामा आएका 'सागर आले मगर' र पुर्वान्चल सिंगिङ स्टार- २०७१' कि विजेता 'प्रकृति र थलाँग' चितवन समाज कुवैको निमन्त्रणामा सांगीतिक धमाका मच्चाउन भोलि बेलुका कुवेत आउने भएका छन ।

चितवन समाज कुवेतले दोश्रो पटक थालेको उक्त अनाथ बालबालिका सहयोगार्थ च्यारिटी कार्यक्रम चितवन धमाका २ का चर्चित कलाकारको साथमा स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने छ

नेपाल आइडलमा सहभागी भई टप -४ मा परेपछि सगर विभिन्न देश बिदेशका कार्यक्रम हरुमा व्यस्त हुदै आएका छन, भने प्रकृति पछिल्लो समयमा सांगीतिक क्षेत्रमा चर्चा बटुलिरहेकी छन।

स्थापना काल देखिनै भिबिन्न दिन दुखि पिडित हरुको उद्धार गर्दै आएको चितवन सेवा समाजले यस पालि भने चर्चित कलाकार लिएर कुवेतमा रहेका नेपाली हरुलाई रमाइलो दिलाउने भएको छ।

आयोजक चितवन समाज कुवेतको जानकारी अनुसार कलाकार हरु भोलि बेलुका बुधवार  (७;३०) बजे आइ पुग्ने उक्त समाजका अध्यक्ष नबिन लोप्चानले तितोपाटि  डट कम लाइ जानकारी गराएका छन।

कलाकार हरु चितवन सेवा समाज कुवेतले थालेको चितवन धमाका २ को कार्यक्रमका लागि सहभागी हुन कुवेत आउने भएका छन, शो कर्यक्रममा उपस्थित अथिति कलाकार लाइ,स्वागतको लागि कुवेतमा रहेका समाजसेवी कलाकार,पत्रकार, खेलाडी , लगाएत सम्पूर्ण संग संस्थाका प्रतिनिधिहरु तथा बुद्धिजीवी नेपाली दाजुभाइ दिदि बहिनिहरु लाइ कुवेतमा रहेको अन्तराष्ट्रिय बिमानइस्थलमा उपस्थित जनाईदिनु हुन, उक्त कार्याक्रमका संयोजक "निरज सिंग ठकुरीले" अनुरोध गरका छन

सागर आले मगर, र प्रकृति थलाँग को मुख्य प्रस्तुति सहित को उक्त सांगीतिक कार्यक्रम चितवन धमाका २ मा सम्पूर्ण कुवेतबासी नेपाली हरूलाई उपस्थितिको लागि समाजले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम स्थान यस प्रकार रहेको छ।
स्थान : नोटिंगम इंग्लिश स्कुल हल, गेट न: ५ (जिलिब)
गते : ९
दिन: शुक्रवार
समय : मध्यान्न १२ बजे