8 Jestha, 2075 | 22 May, 2018 Tuesday
तीतोपाटी डट कम- कुवेतमा कार्यारत एक नेपाली मृत अवस्थामा भेटिएका छन् । खोटाङ हलेसी तुवाचुंङ ५ घर भएका नबराज राई आइतबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

कुवेतको कवाड स्थित कन्स्ट्रकटिंग क्षेत्रको कम्बाइनड ग्रुप कम्पनीमा करिब २ बर्ष देखि सोहि कम्पनीमा कार्यरत अन्दाजी ३९ बर्षिय नबराज राईलाई कम्पनीको आवास नजिकैको खाली ठाउँमा मृत अवस्थामा फेला परेको, सोहि कम्पनीका सिभिल फोरम्यान रोलबहादुर बिकले जानकारी दिएका छन् ।

गत शनिबार साँझ ६ बजेतिर क्याम्पबाट बाहिर निस्केका राईलाई आइतबार बिहान करिब १०
बजे कम्पनीको बिल्डिंग नजिकै पुराना बिग्रेका सवारी साधानहरु राखिएको ठाउँमा लडेको अवस्थामा राईलाई मृत अवस्थामा भेटिएको थियो । स्थानीय जानकारी अनुसार प्रहरीले शव लिएर गएको बुझिएको छ । मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ।

राईको मृत्यु बारे नेपाली दुतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनलाई जानकारी गराइसकिएको छ । मृत्यु हुनुको कारण केहो भने अझै खुलीसकेको छैन । राईको मृत्यु बारे परिवारमा जानकारी भैसकेको छ ।