8 Falgun, 2074 | 20 February, 2018 Tuesday

तीतोपाटी डट कम- सांस्कृतिक मञ्च कुवेतले आगामी ६ अप्रिल २०१८मा नेपाली नयाँ बर्षको अवसर पारेर कुवेतको अब्बसिया स्थित पपिन्स हलमा शुभकामान आदानप्रदान कार्यक्रम गर्ने भएको छ l

परदेशमा रहेर पनि आफ्नो धर्म, संसकार, कला र संस्कृतिलाई संरक्षण गर्दै कुवेतको पुरानो सांस्कृतिक संस्था भनेर चिनिने नेपाल कुवेत सांस्कृतिक मन्च कुवेतले हरेक बर्ष चाडपर्वको अवसर परेर बिभिन्न कार्यक्रमको आयोजना गरि नेपालको झल्कन दिने गरि भब्याताका साथ् मनाउदै आएको र यो बर्ष यो वर्ष पनी नेपाली नयाँ बर्षलाई लक्षित गर्दै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ मनाउने मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले जानकारी गराएका छन् l


समाजका अनुसार उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन र कुवेतका सकृय संघ-संस्थाहरु, बुद्धिजीवी, समाजसेवी कलाकार, खेलाडी, एवं पत्रकार तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाइ सो कार्यक्रमा गरिमामय उपस्थिति जनाउदै भव्यरुपले सफल बनाइदिनु हुन पनि यसै अनलाइन मार्फत आग्रह गरेका छन् l
 
कार्यक्रमको विवरण
मिति : ६ अप्रिल, २०१८
स्थान : पपिन्स हाल अब्बसिया (ब्लक ४, स्ट्रीट ५, युनाइटेड इन्डियन स्कुलको नजिक)
समय : दिनको ठिक १२ बजे
आयोजक : नेपाल कुवेत सांस्कृतिक मञ्च, कुवेत