8 Falgun, 2074 | 20 February, 2018 Tuesday
तीतोपाटी डट कम- अबस्य पनि कुनै ब्यक्तिले आफुलाई समझदार सोच्छ भने उस्को ब्यबहार पनि समझदारी पुर्ण हुनु पर्छ नत्र म एस्तो उस्तो भनेर गफगर्नुको कुनै औचित्य रहदैन यस्तो क्रियाकलापले कसैलाई फ़ाईदा गर्ने वाला छैन यो बन्द गरिनुपर्छ अहिले जटिल भाईरस बिक्रितिको रुपमा नेपालीहरु बिच खुट्टा तान्ने प्रवृति एकदमै बिकास भएको छ

आफुपनि केहि गर्न नस्कने अनि अरुलाई पनि गर्न नदिने तपाई हामि जस्तो शिक्षित भनिने ब्यक्तिहरुले यस्तो सोच बिचार र ब्यबहार गर्नु भोलिका आउदो पिडिहरुलाई दुरब्यबहार गर्नु हो सिंगो समज र देशलाई नै बिफल पार्ने सोचहो यो त्यसैले बुझ्नु पर्यो आफनो ब्यक्तिगत पृष्ठभूमिलाई जज् नगरी यी कुराहरुबाट बाहिर आएर सच्चा बिचारले समाजको सेवा गरौ र यति राम्रो पुर्खहरुको पाला देखी चलि आएको मेलमिलाप अनि सामजिक सत्भावलाई कायम राखी अगाडि बढौ यो नै अहिलेको आवश्यकता हो दौलतको लोभमा आफ्नो जन्मा दिने आमा बुबलाई बृद्धआश्रम पुर्याऊने चेलिबेटिहरु लाई डलरमा बेचेर नारकिय जिबन बिताऊँन बाध्य तुल्याउने यी यस्तै नकारात्मक सोचबाट हुन्छ।

मैले भन्न खोजेको कसैले समाजको हितमा काम गर्न खोज्छ भने त्यसलाई समर्थन गरिनुपर्छ हौसला दिनुपर्छ किनकी ब्यक्तिको बिचार राम्रो भयपो समाज राम्रो हुन्छ समाजनै राम्रो भयपछि देश त्यसै राम्रो हुन्छ समृद्ध बन्छ, यसो हुनाले कमसेकम हाम्रो छोराछोरीले हामिले जस्तो अर्काको गुलामि बन्न पर्दैन परेपनि राम्रो काम ईज्जतदार काम गर्छन होला यसरि हातमा हात मिलाएर अगडि बढ्न सकिन्छ यो सबै कुरा गरेर म हिरो हुन खोजेको पक्कै हैन समृद्ध सुन्दर समाजको कल्पना गरिरहदा मनमा उप्जेका कुरा आफ्नो दाजुभाई दिदिबहिनि सम्झेर हरेक सच्चा देश भक्त नेपाली सम्झेर हजुर हरु सामु राखेको कसै ब्यक्तिलाई पेचपार्न हैन अन्यथा नसोचि दिनुहोला यसैगरि बैदेशिक रोज़गार को सिलसिला संगै प्रबासमा रहनु भएका कतिपय ब्यक्तिहरुमा धेरै सॉगुरो सोच रहेको मैले देखेर महसुस गरेको छु।

यतिसम्म कि जस्ले सन्नि लिओन अर्चना पनेरु एन्जेलिना जोली जस्ता ब्यक्तिहरुको सधै गुनगाण गाउदै हिड्छन तर महबिर पुन सितराम कटेल कुनजना घिमिरे जस्ता समाज बनाउना लागि परेका सामाजिक अभियानता हरुलाई चिन्दैनन् महाबिर पुनलाई खाडीमा रहेका धेरै ब्यक्तिहरुले चिन्दैनन् सबको हातमा स्मर्ट फोन छ नेटको पहुँच उस्तै दिनरात मोबाईलमा झुन्डिने यि ब्यक्तिहरुले नचिन्नु यो कस्तो विडम्बना यहिबाट प्रमाणित हुन्छ कि हाम्रो समाज सकारात्मक र आधुनिक तिर भन्द बढि नकारात्मक बाटोतिर अगाडी बढिरहेको छ, भनेर त्यहि भएर मैले सबैसामु भन्न चाहेको सोचलाई फराकिलो बनाउन ज़रूरी छ ।

सबैको एउटै सपना हुन्छ, बिदेशमा टन्न पैसा कमाएर घर गाडि किन्ने यो त ठिकै हो कतिपय ब्यक्तिहरुले सपना उस्तै तर घर चै काठमाण्डौ मै हुनु पर्ने बास्तबमा अहिलेनै अस्तब्यस्त काठमाण्डौ सहर भविष्यमा त्यहिको बासिन्दा बसोबास गर्न बाहिर जानुपर्ने स्थिति आउने छन।

त्यसो भएको हुनाले हाम्रो सोचलाई  परिवर्तन गरेर आफ्नो समाज अनि गॉउको बिकास मार्फ़त काठमाण्डौ पाउने सेवा सुबिधा आफ्नै गॉउमा सृजना गर्न ज़रूरी छ यदि हाम्रो समाज नै नकरात्मक तिर गयो भने यो असम्भव छ त्यस कारण ठॉऊ ब्यक्ति हैन सोच परिवर्तन हुनु पर्यो सबैजना एकजुट भएर अघिबढे असम्भव केहि छैन काठमन्डौमा भएका ठुलठुला शैक्षिक केन्द्रहरु हस्पिटल हरुको साखा हरेक गॉउमा खोल्न सकिन्छ यो मैले काठमाण्डौ को बिरोध गर्ने हेतुले भनेको हैन हाम्रो सबै समाजलाई आधुनिकीकरण गर्न युवाहरुको सोचना परिवर्तन आउनु पर्यो भनेको अहिलेको परिस्थितिमा आफ्नो गॉउ आफै बनाउ तिर लाग्नुको बिकल्प छैन।

यसको लागि महबिर पुन जस्ता तन मन र धन दिएर समाज सेवमा लागेका सबैजना महान ब्यक्तिहरुलाई साथ सहयोग र वहाँ हरुले अगाडी बढाएको अभियानलाई प्रोत्साहन दिनु पर्छ तब मात्र हाम्रो देशमा कुनै अवसर नपाएर अलपत्र परेका युवा बैज्ञानिक हरुले नयॉ नयॉ अबिस्कार गर्ने अवसर पॉउने छ । बिज्ञानको सहि  सदुपयोगले ब्यक्तिको जिबनशैलि समाज सबै आधुनिक बन्ने छ।

त्यसपछि देशको मुहार फेर्न धेरै समय लाग्ने छैन अझै हाम्रो समाज आधुनिक भएको छैन सामाजिक बिकृति र कुकर्महरु भै रहेक छ यस्ता कार्यहरुलाई निर्मूल पारी समाजलाई सकारात्मक परिवर्तन गर्न समृद्ध पार्न हरेक युवाहरु सचेत भएर लागिपर्नु अहिले आबस्यक्त छ।

किरण तामांग, खोटाँग
हाल कुवेत