12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटी डट कम- सफा नेशसल किल्निङ कम्पनीले अायोजना गरेको खुल्ला भलिवल प्रतियोगिता मिति २ फेव्रेवरि २०१८मा महाबुल्ल भलिवल ग्राउन्डमा सम्पन्न भयो ।

अर्जुन शाही ,मन कुमार लिम्बू ,हिरा लामा, राजु पोखरल ,वीर श्रेत्री ,रमेश प्रधान ,मनोज चौधरी र तिल बहादुर तामाङले स्पोसर गरेको प्रतियोगितामा ६ टमको सहभागीता थियो ।


महाबुल्ला नेशनल टिम र कल्याणकारी नेपाली युवा समाज बिच भएको फाइनल खेलमा कल्याणकारी नेपाली युवा समाज ले लगातार दुई वटै सेटमा विजय हासिल गर्दै प्रथम स्थान हासिल गर्न सफल रह्यो ।

प्रतियोगितामा प्रथम हुनेलाई खसी र दृतिय हुनेलाई नगद पुरस्कार को ब्यबस्था गरिएको थियो ।प्रतियोगिता कल्याणकारी नेपाली युवा समाज कुवेतको ब्यबस्थापनमा संचालन भएको कुरा प्रदिप कार्की ले हामीलाई जानकारी गरएका छन् ।