12 Jestha, 2075 | 26 May, 2018 Saturday
देशको लागि प्राण आहुति गर्नेलाई भुले सबैले
बम बारुद र धरापमा पर्नेलाई भुले सबैले ||

सिमानामा हुन थाल्छ जब आमाको चिरहरण
खुकुरी बोकि बैरी काट्न सर्नेलाई भुले सबैले ||

स्वभिमान जोगाउन दुष्मन सँग लड्दा लड्दै
मुटु आफ्नो प्वालै प्वालले भर्नेलाई भुले सबैले ||

म होईन हामी भन्दै देश र जनताका खातिर
आफ्ना सपना अलपत्र छर्नेलाई भुले सबैले ||

आफु मेटिएर पनि देशको मुहार फेर्न भन्दै
टुहुरा बनाई बाल बच्चा मर्नेलाई भुले सबैले ||

भवानी तिमल्सिना न्यौपाने
हेटौँडा –५ मकवानपुर