13 Baishak, 2075 | 26 April, 2018 Thursday

तीतोपाटी डट कम -तीतोपाटी डट कम - सूचना तथा संचारको विकासले सम्पुर्ण विश्वलार्इ नै एउटै ग्लोबल भिलेजको रूपमा जोड्न सफल भएपछि गित संगीतमा लागेकाहरूले त्यही संचारले विकास गरेको युटुबमार्फत अाफ्ना प्रतिभा तथा सृजनाहरूको प्रस्तुति दिन थालेका छन् । यसै माध्यमको प्रयोग गर्दै प्रदेश नं. ५ प्युठान जिल्ला माण्डबी गाउपालिका रम्दिमा जन्मिएका गायक गणेश घर्ती मगरले द्रोसो गीत  लिएर आएका छन।


गायनको अलावा गीत, संगीत तथा मोडलिङ समेत अाफैंले गर्ने  मगरको पहिलो गित "सानू तिमी मेरि मात्र हौ"को सफलता पछि उनले आफ्नो शब्द,संगीतमा पुस्पा राई र उनको संयुक्त प्रस्तुतिमा द्रोसो गीत अडियो भिडियो बजारमा लिएर आएका हुन।

पहिलो गीतमा चर्चित गायिका पुर्णकला बि.सि र आफुले नै स्वर भरेका उनले सो  गितमा आफैले चर्चित मोडल सारिका के.सि सँग अभिनय गरेका थिए।

अहिले बजारमा अाएको दाेश्रो गितमा उनले चर्चित गायिका देवि घर्तीसँग गाएका छन भने यो गितमा अभिनय मनोज/पुस्पा/रमन कुमारको रहेको छ। सोही गीत मालाश्री A स्टुडियोमा रेकर्ड भइ सिर्जना डिजिटल म्युजिक प्रा.लि मार्फत बजारमा आएको छ। छायाकन करन चैसिरले गरेका छन भने निर्देशक एकेन्द्र सार शंकरले गरेका छन।