10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डट कम- नेपालमा साईकल समेत चलाउन आउदैन थियो अहिले ब्यस्त सडकमा गाडी गुडाउँन सक्ने भएको छु ठाउँमा परेपछि जुनसुकै काम पनि गर्न सकिने रहेछ, खोटाङ रावाबेशी गाउँपालिका लामिडाडाँ भञ्ज्याङका बिनोद कुमार बिसंखेले कतारको दोहास्थित अल आरविया वाटर ओयासिस कम्पनीबाट आफ्नो बैदेशिक रोजगारीको अनुभव सुनाए

२०४३ साल पुस ११ गते लामिडाडाँ भञ्ज्याङमा बुबा एकराज सार्की आमा मनमाया सार्कीको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका बिसंखेले २०६० सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् बिश्वज्योती मावि लामिडाडाँमा पढेका उनले ऐसेलुखर्कवाट एसएलसी परिक्षा दिएको बिगत बेलिविस्तार बताए आर्थिक स्थिती न्युन रहेको परिवारमा आमावावा, दुई भाई एक बहिनी रहेका छन्


आर्थिक स्थिती कमजोर भएकै कारण बिनोदले परिवारमा सल्लाह गरेर विदेश जाने निधो गरे विवाह बन्धनमा कसिएका उनी परिवारलाई सुखसयलमा राख्ने ठूलो सपना बोकेर २०६१ सालमा कतार हानिए एसएलसी पास गरेर पहिलोपटक पराई मुलुक छिरेका बिनोदले कतारमा दुईवर्ष महिना वर्ष चिया पकाउने काम गरे त्यहाँ चिया मात्रै पकाउन परेन फलतः गाडी चलाउनुपर्ने भो कम्पनीले केही महिना कामसँगै गाडी चलाउन सिकाए पछि आफै गुडाउन जान्ने भए बिनोदले भने, बानी नपर्दा काम सारोगारो भएपनि आखाभरी आईरहने परिवारको सुनौलो खुशीका लागि अल जाबर त्रेनिङ एण्ड क्न्ट्रक्सन नामक कम्पनीमा चिया पकाउने काम ड्राईभिङ गरेर स्वदेश फर्किए


पाँचवर्षमा कमाएको केही रकम लिएर घर फर्केका उनी त्यही परिवारको सपनाकै संसारमा थिए २०६६ सालमा फेरि बहराईन पसे, त्यहाँ दुई वर्ष ड्राईभिङ गरे नेपालमा साईकलसम्म नकुदाएका बिनोदले कतारपछि बहराईनमा वर्षमा परिपक्क ड्राईभर बनेर सधैका लागि बहराईनलाई छोडे


२०६७ सालमा दिपु्रङ गाउँपालिका टेम्मा का मेनुका बिसंखेसँग विवाह बन्धनमा बाँधिएका उनीहरुको एक छोरी बोर्डिङ पढिरहेका छन् कतार बहराईनमा कमाएको पैसाले छोरी पढाउन परिवार धान्न पुगिरहेको अहिले कतारमा रहेकै कारण घरमा आमाबुबा दुई भाई एक बहिनीलाई समेत बेलाबेलामा खर्च पठाउने गरेको उनले सुनाए


बहराईन, कतार बसेका उनले एक हिसाबमा पराई मुलुकका रहनसहन बुझ्दै गए धर्म, भाषा, संस्कृतीमा उनी परिपक्क हुंदै थिए बैदेशिक रोजगारीमा जाने चक्कर झन मोह बन्दै गयो अनि फेरि त्यही पेशामा २०६९ सालमा कतार आए जिएसएस सेर्टिस कम्पनीमा दुईवर्ष ड्राईभिङ काम गरी स्वदेश फर्केर महिनाअघि अल आरविया वाटर ओयासिस कम्पनीमा ड्राईभर काम गरिरहेको छु


उनले भने, ‘अहिले खाई खर्च कटाएर महिनाको ७०/७५ हजार बचत हुन्छ बचत गरेको पैसाले घरखर्च केही जग्गा खरिद गरेको छु


आगामी दिनमा नेपालमै सोही ड्राईभिङ पेशा अंगालेर जिविकोपार्जन गर्ने निधो गरेका बिनोदले भने, “गर्यो भने नहुने केही रहेनछ हिजो चिया पकाउने आज ड्राईभिङ गर्छु तपाई पनि परिश्रम गर्नुहोस परिश्रमले नै सुख दिंदोरहेछ  


महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ