10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डट कम- बिदेश सपनामा पनि देख्न नपरोसपरदेशको कुरा गर्नासाथ सुनसरीको एउटा पुरानो नगरपालिकामा बसोबास गर्ने उषा (नाम परिवर्तन)को अनुहारमा आक्रोशका धर्का देखिन्छन् साउदी अरेबिया कुवेतमा दुई वर्षसम्म घरेलु कामदारले भोग्न नपर्ने सबै खाले दुःख सहेर फर्किएकी उषालाई हिजोआज विदेश भन्ने शब्द पनि सुन्न मन लाग्दैन विदेश गएर फर्किएकै कारण श्रीमान् छिमेकीले गर्ने व्यवहारले परदेशमा भोगेका दुःख सधैँ बल्झाइरहन्छ ऋणमा डुवेको घर उकास्न परदेशिएकी उषालाई आफ्नै जीवन डुबाएर फर्किएछु भनेर अहिले पछुतो लाग्छ


उषाको व्यथा, उनकै शब्दमा २०६५ सालको कुरा हो घर धितो राखेर श्रीमानलाई काम गर्न मलेसिया पठाएँ तर सात महिनापछि उहाँ रित्तो हात घर फर्किनुभयो अब ऋण कसरी तिर्ने मलाई साह्रै अप्ठेरो परेको थियो त्यसैबेला विदेश गएर फर्किएकी नन्दले विदेशमा काम कमाइ राम्रो हुन्छ, ऋण पनि तिर्न सकिन्छ भनेर सुनाइन मलाई जसरी पनि घर उकास्नु थियो त्यसैले, अब आफै विदेश जाने निर्णय गरें परिवारबाट कहिल्यै नटाढिएकी मलाई घर केटाकेटी छाड्न निकै गाह्रो भैरहेको थियो


बिहानै उठें, लुगा पोको पारें सुतिरहेकी छोरी उठेर चल्न थाली मलाई त्यो दिन सम्झँदा अझै पनि भक्कानो फुट्छ आमा कहाँ जाने ? किन सबै लुगा बोकेको ?’ छोरी छेवैमा बसेर अनगिन्ति प्रश्न सोधिरहेकी थिई छोरीका प्रश्नले मेरो मन झन भक्कानियो बाहिर जाँदा लगाउने लुगा पोको पारेर घरबाट निस्किएँ छोरी पनि सँगै जाने भन्दै रुन थाली फरिया समातेर झुण्डिई रुँदै हिँड्न पनि मिलेन आँखा चिम्म गरेर आँसु दबाएँ छोरीको हात फरियाबाट फुत्काएर फटाफट हिँडें


छोरी रोएको पर पुग्दासम्म पनि सुनिएको थियो मन थाम्न मलाई त्यतिबेला निकै गाह्रो भयो दलाल इटहरीमा पर्खिरहेका थिए जसरी विदेश जान हिँडेका अरु पनि १० जना भन्दा धेरै रहेछन् हामी सबै ईटहरीबाट पूर्व लाग्यौ हामी सबैलाई त्यो दिन सिलगुडी पुर्‍याए मलाई भारतको बाटो हुँदै विदेश जाने कुरा पनि थाहा थिएन सिलगुडीमा हामी जस्तै विदेश हिँडेका अरु ५० जना भन्दा धेरै महिला पर्खेर बसेका थिए दलालले कसरी सीमा पार गराए, पत्तो पाइएन सिलिगुडीबाट हामीलाई दिल्ली लगियो त्यहाँ १३ दिन बसेपछि दिल्लीबाट कुवेत पठाए रात परेपछि लगे


उज्यालो नहुँदै विमान कुवेत पुग्यो कुवेतको विमानस्थलमा देख्दै डर लाग्ने कालो, मोटो मान्छे लिन आएको थियो उसले नेपाली नै भएको ठाउँमा पुर्‍यायो त्यहाँ अझै धेरै नेपाली महिलाहरु थिए मलाई देख्नासाथ सबैको मुखबाट एउटै आवाज निस्कियो, ‘यो नर्कमा किन आएको तिमी ?’ छक्क परें सबैजनाको अनुहार मलिन थियो पनि आत्तिएँ एउटै कोठामा धेरै जना त्यो देखेपछि जिउभरिका रौं ठाडा भए थचक्क बसें बेक्कार आएछु जस्तो लाग्यो


चार दिन त्यो कोठामा बस्दा दिनहुँ नयाँ मान्छे आउने जाने क्रम चलिरहन्थ्यो मलाई पनि चार दिनको दिन एउटा अरबीले लगे घर लग्नुअघि नै बजार लगेर नयाँ लुगाफटा पनि किनि दिए उसले किनि दिएका लुगा, उसको मलाई सबै नौलो लाग्यो त्यहाँ घर मात्र हैन, मानिस तिनका व्यवहार पनि उस्तै अचम्म लाग्दा !


ओहो तिनीहरुलाई देखेर त्यसै आत्तिएँ लगेको घरमा घरकै काम गर्नु पर्ने जति काम गरे पनि गाली मात्र गरे जस्तो लाग्थ्यो के भन्थे, भाषा बुझ्दिनथे तर विदेशमा भुईं पुछ्ने काम गर्न पनि गाह्रो हुने रैछ झन् नुन मात्र हालेर हाम्रो गाउँघरको कुँडो जस्तो भात पकाउन मलाई धेरै दिनसम्म पनि आएन काम नजानेपछि मालिकले साह्रै गाली गरे पिटे पनि पछि भाषा बुझ्दा पो थाहा भयो, उनीहरुलेकुकुर्नी, खान नपाएर आएकीभनेर गाली गरेका रहेछन् मैले कुवेतमा काम गर्न सकिन  


त्यहाँका नेपाली दलाललाई काम गर्न सक्दिन भनें कुवतेमा महिना काम गरे तर तलब पाइन पछि उनीहरुले मलाई कुवेतकै साहुको आफन्तकोमा साउदी पठाए साउदीको झन के कुरा गर्नु ! छ्या ! त्यहाँका लोग्ने मान्छेले गर्ने व्यवहार सम्झँदा मलाई विदेश सपनामा पनि जान नपरोस् भन्ने लाग्छ साहुका चार छोरा तीन जना छोरी थिए घरको काम आफै सबै गर्थें साहुनीले माया गर्थिन् अनि विश्वास पनि तर साहु जेठो छोरोले भनि नसक्नुका व्यवहार गरे


साहुनी घरमा नहुँदा ज्यान जोगाउनै मुस्किल पथ्र्यो नुर तालअर्थातनुर यता आउभन्थें नजिक नगइ सुख थिएन साहुको छेउमा गएपछि शारीरिक सम्पर्क गर्न खोज्थे बाउ मात्र हैन, छोरो पनि त्यस्तै व्यवहार गर्ने ! मोबाइलमा कस्ता कस्ता फोटो देखाउँथ्यो, अनि नजिक बोलाउने गथ्र्याे मैले बेलुकी सबै साहुनीलाई सुनाउँथे उसले बुढो छोरालाई गाली गर्थी साहुनी असल भएकै कारण मैले त्यो घरमा दुई वर्ष काम गरें साहुनीले नजोगाएको भए बाँचेर आउँथे जस्तो पनि लाग्दैन


घरका लोग्ने मान्छेले मात्र हैन, वरपरका लोग्ने मान्छेले पनि त्यस्तै व्यवहार गर्थे शारीरिक सम्पर्क राखे लाखौं रकम दिन्छु भनेर लोभ देखाउँथे मैले काम गर्ने घर नजिकै प्रहरी चौकी थियो त्यहीँ काम गर्ने एकजना लोग्नेमान्छे पनि भात दिने बहाना बनाएर घरमा आउँथ्यो, अनि के के भन्थ्यो दुव्र्यवहार गर्न खोज्थ्यो तर साहुनी भने साथी जस्तै थिइन् मलाई रमादानको बेलामा डेढ तोलाको सुनको सिक्री पनि किनि दिएकी थिइन् तिनै साहुनीको विश्वास जितेर श्रीमान सिकिस्तै बिरामी छन् भन्ने बहाना बनाएर नेपाल फर्किएँ


घर फर्कंदा परिवार विस्थापित भैसकेको थियो, तर त्यत्रो दु: गरेर २०६८ सालमा फर्कंदा हाम्रो परिवार विस्थापित भैसकेको थियो साहुले घर आफ्नो नाममा गरिसकेका थिए श्रीमान् छोरीहरु घर नजिकै दुई वटा कोठा भाडामा लिएर बसेका रहेछन् आफ्नो घर हेरें आँगनभरी दुबो उम्रिएको थियो त्यो देखेपछि मन सम्हाल्न सकिन तीन महिनाको तलव श्रीमानलाई ऋण तिर भनेर पठाएकी थिएँ


तर श्रीमानकाे रक्सी खाने बानी ! मैले पठाएको रकम रक्सी पिएर सकेछन् त्यो थाहा पाएपछि मैले फेरि पैसा पठाइन् आउँदा दुईलाख रुपैयाँ लिएर आएकी थिएँ, तर त्यतिले घर फिर्ता भएन लोग्नेको रक्सी पिउने बानी सुध्रिएको थिएन दुई छोरी ठूला भएका थिए श्रीमानलाई बिदेशमा पठाउँदा बन्धक राखेको घर उकास्न आफु परदेश गएँ त्यत्रो हण्डर खाएँ, तर घर उकास्न सके, पति नै सुध्रिए घर गुमाउनु पर्दा ज्यादै दुःख लाग्यो कमाएर ल्याएको दुई लाख फेरि पनि श्रीमानलाई नै दिएँ तीन वर्षे मुद्दतिमा राखिदिनु भनेकी थिएँ तर त्यो रकम पनि अहिले उनले रक्सीसँगै खाइसकेछन्


विदेशबाट फर्केपछि यतै केही गर्छु भनेर स्कुलमा क्यान्टिन खोलें तर, क्याण्टीन साँझसम्म चलाएर कहिलेकाँही घर फर्किन अलि ढिलो हुन्थ्यो त्यस्तो बेला आफ्नै लोग्नेले अनेकौं आरोप लगाउन थाले त्यसपछि मैले क्याण्टीन चलाउन पनि छाडिदिएँ त्यसपछि कोठा अघिल्तिर २५ हजार रुपैयाँमा पसल किनेर चिया नास्ता बेच्न सुरु गरें चिया नास्ताको पसल चल्न थाल्यो, तर पसलमा मान्छेको आवत जावत बढेपछि बुढाले फेरि पनि बचन लाउन थाले तथानाम गाली गरेर रातभर सुत्न दिएनन्


त्यसपछि त्यो काम पनि छाडेर हिजोआज किराना पसल खोलेकी छु विदेश जानुभन्दा अघि हरेक दिन तीन ठाउँमा वचत गर्थें विदेश गएर आएकी भनेर गाउँलेले अनेक कुरा काट्छन् सबैले गर्ने यस्तो व्यवहारले मलाई हिजोआज दिक्दार पारेको विदेशमा काम गर्न जाँदा कमाई होला, घर उकासौला समाजमा ईज्जत होला भन्ने लागेको थियो, तर बिदेशबाट फर्केपछि अहिले मसित घर छैन, कमाई ईज्जत पनि छैन अब हेरौं के हुन्छ जस्तो परे पनि भोग्नै पर्ने रैछ

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ