10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डट कम - दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन्  प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् बेपत्ता हुनेमा महिला बालबालिकाको संख्या धेरै हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको


धेरै बेपत्ता हुनेमा महिला

बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् तीन वर्षको अवधिमा १० हजार २८३ महिला हराएका छन् बेपत्ता हुने महिलाको संख्या ५४।३५ प्रतिशत महिलापछि धेरै बालक हराएका छन् यस अवधिमा तीन हजार १७९ बालक बेपत्ता भएका छन् बेपत्ता हुनेमा वयस्क पुरुषको संख्या पनि धेरै आर्थिक वर्ष ०७१९७२ देखि ०७४९७५ सम्म मुलुकभरिबाट तीन हजार १३१ वयस्क पुरुष बेपत्ता भएका छन् तुलनात्मक रूपमा बेपत्ता हुने बालिकाको संख्या भने केही कम तीन वर्षमा दुई हजार ३२५ बालिका बेपत्ता भएका छन्


लुकेर बस्नेका कारण बेपत्ताको संख्या बढी

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढिरहेको बताए भेटिएकाले प्रहरीमा रिपोर्ट नगर्ने लुकेर बस्ने भएका कारण बेपत्ता हुनेको संख्या बढ्न पुगेको उनको भनाइ तथ्यांक हेर्दा बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ जब मान्छे हराउँछन्, तत्काल प्रहरीमा खबर गर्छन् तर, भेटिएको खबर गर्दैनन् कतिपय मान्छे आफैँ लुकेर बसेका हुन्छन् विशेषगरी महिलामा यस्तो समस्या देखिन्छ,’ नेउपानले भने, ‘उनीहरू रोजगारका क्रममा कुनै पेसामा संलग्न हुन्छन् तर, त्यो पेसा सार्वजनिक गर्न चाहँदैनन् त्यसवेला उनीहरूले आफ्नो वास्तविक परिचय ढाँट्छन् यसले पनि बेपत्ता हुनेको संख्या बढेको देखिन्छ


बेपत्ता हुनेको संख्या १८ प्रतिशतले वृद्धि

प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि भएको आव ०७३९७४ मा सात हजार २७८ सर्वसाधारण बेपत्ता भएका थिए यो संख्या आव ०७२९७३ को भन्दा १८।१५ प्रतिशतले धेरै हो आव ०७२९७३ मा पाँच हजार ९५७ बेपत्ता भएका थिए आव ०७३र७४ मा अघिल्लो वर्षभन्दा एक हजार ३२१ बढी बेपत्ता भएका थिए आव ०७१र७२ मा भने पाँच हजार ६८३ बेपत्ता भएका थिए यो संख्या आव ०७२र७३ भन्दा २७४ ले आव ०७३र७४ भन्दा एक हजार ५९५ ले बढी हो


किन हुन्छन् बेपत्ता

प्रहरीका अनुसार फेला परेपछि प्रहरीलाई खबर नगर्ने, अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने परिचय लुकाएर रोजगारमा संलग्न हुने गरेका कारण बेपत्ता हुनेको संख्या बढी देखिएको हो प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार बेपत्ता हुनेमा महिलाको संख्या धेरै धेरै मान्छे अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने परिचय लुकाएर बस्ने गरेको प्रहरीको भनाइ महिला अवैध रूपमा वैदेशिक रोजगारमा जान्छन् यसको रेकर्ड कतै हुँदैन धेरैजसो आफन्तलाई ढाँटेर वैदेशिक रोजगारमा गएका हुन्छन् उनीहरूका आफन्तले प्रहरीमा हराएको निवेदन दिन्छन्


पछिल्ला दिनमा यस्ता घटना धेरै भएका छन्,’ डिआइजी न्यौपानेले भने, ‘कतिपय महिला आफूले गर्दै आएको कामबारे खुलाउन चाहँदैनन् उनीहरू आफ्नो परिचय ढाँटेर बसेका हुन्छन् ’  डिआइजी न्यौपानेका अनुसार केही मानिस भने साँच्चिकै बेपत्ता हुन्छन् विशेषगरी बालबालिकाको हकमा यस्तो हुन्छ उनीहरू कुनै कुनै माध्यमबाट भारतका सर्कस, कोठीलगायत ठाउँमा बेचिन पुग्छन् यसको रेकर्ड प्रहरीमा हुन्छ त्यसो हुँदा बेपत्ताको संख्या बढ्न पुगेको हो,’ उनले भने यो समाचार नयाँ पत्रिका दैनिकले लेखेको

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ