10 Falgun, 2074 | 22 February, 2018 Thursday

नारायण पोख्रेल- मंगलबारको दिन थियो , अलिकता अस्वस्थ भएको फील भएकाले बिमारी बिदा लिएर रेस्ट गरिरहेको थिए I बिहान ढिलासम्म सुतेकोले पुन निदाउन सक्ने कुरै भएन त्यसैमाथि धेरै समयसम्म बेडमा पल्टीरहदा जिउ झन् सिथिल तथा यो मन कताहो कता उडिरहेको थियो I यसरि क्षितिजपारी वारी घुमिरहेको मनलाई भुलाउन समयको सदुपयोग गर्नको लागि कम्पुटर अन गरे I


कम्पुटर खोल्नसाथ सबैभन्दा पहिलो नजर फेसबुक माथि गयो साएद आजकल धेरै मानिसको यस्तै हुन्छ होला I सबै साथीहरुका अपडेट बिभिन्न आफुले फलो गरेका समाचार हरु हेर्नु पुर्ब मेरा आँखा नोटिफिकेशन तर्फ पुगे जहाँ १५ /२० को हाराहारीमा लाइक त्यतिकै संख्यामा फेरेंड रिकोइस्ट आएका थिए I एकएक गर्दै सबैलाई हेर्दै थिए त्यसैक्रममा एउटा बिल्कुलै अपरिचित अंग्रेजी नामकि क्रिस्टिना उनको प्रोफाइलको फोटाले मेरो नजरलाई एक्कोहोरो बनाइदियो I अब मेरो मस्तिस्कमा क्षितिज नभै तिनै क्रिस्टिनाको रिकोइस्ट उनको फोटो भुमिरहेको थियो I


मेरा सबै रोग पीडाहरु मलाई छोडेर कताहो कता भागिसकेको जस्तो महसूस भैरहेको थियो I रिकोइस्ट सुइकार गरौँ भने उनि अपरिचित मानिस नगरुँ भने साएद उनि मलाई चिन्छिनकि ? के गरूँ के नगरुँ यो मनमा छटपटी दुबिधा बढी रहेको थियो I


फेरेंड रिकोइस्ट सुइकार गर्नुभन्दा पहिला सम्बाद गर्ने निर्णयमा पुगे I हेल्लो डु यु नो मि ? मेरो प्रश्न पुग्नासाथ तुरुन्तै जस्तोकि बटन थिचे पछी बत्ति बले जस्तै या चिलले चल्ला टिपे जस्तै उनको जबाफ आयो आइ डन नो बट आइ सी योर प्रोफाइल देन इट्स फोर्स मि टु टक विथ यु I मेरो होस् उड्यो ,कताकता नजानिदो खुशी अलिकता दुबिधा साथै कौतुहलता पैदा भयो I अंग्रेजीमा त्यति सार्हो पोख्त नभएपनि काम चलाउनको लागि अंग्रेजीका जस्तासुकै गुरु आएपनि डराउनुपर्ने जस्तो मलाई लाग्दैन I


त्यसैले आफ्नो कौतुहलता मेटाउनको लागि पनि वार्तालाई अगाडी बढाउने निधो गरे I मेरो प्रोफाइलले तिमीलाई कसरी आकर्षण गर्यो नि भन्दै निस्धक संग प्रश्न गर्न थाले जसरि चुलबुले केटाकेटीलाइ स्कुलमा मास्टरले अकस्मात प्रश्न गर्दा उनीहरु अक्क बक्क हुने गर्दछन तर मेरो सोचाई बुझाई भन्दा ठिक बिपरित उनको उत्तर आउदा मलाई झन् बढी अन्योल पैदा हुदै थियो I


उनको उत्तरमा धेरै कुराहरु समेटिएका थिए जसले मनै अक्क मक्क भए जुन केहीबेर पहिला उनलाई बनाउन खोजिरहेको थिए I मनमा अनेक कुराहरु खेल्न थाले कतै उनि साचिकै मलाई मन पो पराइन कि ? या उनि कुनै मानसिक रोगको सिकार भएकी केटि हुन ? यात मेरा साथीहरु मध्ये कसैले जानीजानी मलाई सताउने प्रयास गरिरहेका छन ।


कुनै टिनएजर पनि हैन नत जवाननै मत उमेरले पछाडी परिरहेको लगभग आधा उमेरको त्यहि पनि अरु कसैको भैसकेको मान्छे यो बाटो रोज्नु मलाई कतिको सोभनीय हुन्छ या हुदैन जस्ता कुराहरु यो मन दिमाखमा स्पिड संग यता उति दौडन थाले I


केहीबेरको बर्तालाब पछि उनि अमेरिकन नागरिक भएको जागिरको शिलशिलामा दुबईमा रहेको कहिलेकाही नित्यान्तै एक्लोपनको महसूस गर्ने गरेको खुलाशा गरिन Iत्यहि एक्लोपनलाइ भुलाउनको लागि सामाजिक सन्जालमा साथीहरु संग जोडिएको उनको तर्क थियो I


यतिबेलासम्म कमसेकम ५० पटक लेखिसकेकी होलिन यु आर लुकिंग हेन्डसम एण्ड योंग टु भनेर तर कसैले हौशाएर तुरुन्तै हौसिने खालको मानिस हैन I फेरि नयाँ मेसेज आयो डु यु वान्ट टु सी मि ? एकापसमा हेरेर यानी भिडियो कल मार्फत कुरा गर्ने इच्क्षा व्यक्त गरिन I हाम्रो नेपाली समाजका महिला हरु प्रायजसो यति छिटो पुरुषको नजिक आउने गर्दैनन किनकी हाम्रो सामाजिक संरचना नै भिन्दै प्रकारको I


यति छोटो कुराकानीमा सबै कुरा खुलाएर प्रस्ट संग बोल्ने अनि मेरो सरिरको पटकपटक प्रसंशा गर्ने केटीले मलाई हेर्न चाहान्छौ भन्दा कस्लेपो चाहदैन भन्दोहोर ? मैलेपनि हार्दिकताको साथ हुन्छ्नी वाई नट इट इज माइ पिलिजर भनेर उत्तर दिए I त्यतिकैमा भिडियो कलको रिंग बजिरहेको थियो जब भिडियो कललाई सुइकार गरि के नजर लगाएको थिए तब मेरो सरिरभरि पसिना बग्न थाले ,बिस्तारै सरिर काप्न थाल्यो किनभने उनलाई केहि भन्नको लागि मसंग कुनै शब्द थिएनन् I


उनि केहि बोलेकी थिइनन् तर बिना कपडाको उनको सरिरले धेरैकुरको माग गरिरहेको कुरा सहजै बुझिन्थ्यो I मैले कल बन्द गरिदिए त्यसपछि उनको मेसेज थियो तिमीलाई पनि मजस्तै हेर्न चाहन्छु भिडियो कलको रिंग बजिरहेको थियो ,मेरा हातहरु कापिरहेका थिए मन दिमाख भने विभिन्नखाले कुराहरुको उत्तर खोजिरहेको थियो I शारीरिकरुपमा त्यति राम्री केटि एउटा प्रतिष्ठित कम्पनीमा जागिर खाने उनि किन सामाजिक सन्जाल मार्फत शारीरिक इच्छा पूर्ति गर्नु परेको ? के यो अनान्दकोलागी लागि बैकल्पिक बाटो हो ? कि उनि राम्री सिक्षित भएपनि उनीमा जिबन कर्म धर्मको बारेमा ज्ञानको कमि ? के एक्लोपन महसूस गर्ने हरेक मानिसहरु यसैगरी आनन्द लिइरहेका हुन्छन ? करिब आधा घण्टा सम्म धेरै कुराहरु गरेकी सुन्दरीलाइ एकैसाथ हुदैन भनि उनको मन दुखाउने हिम्मत ममा थिएन त्यसैगरी उनले भनेजस्तै आफुलाई प्रस्तुत गर्ने आँट पनि ममा थिएन I


मैले जाने बुझेको  जिबन यससंग जोडिएका हर पलहरु ,सुख दुख पिडा खुशी हामी मानिस हामीले निभाउनुपर्ने कर्तव्यको बारेमा केहि कुरा लेख्दै मेरो सरिर मेरो मात्र नभई अरु कसैको भैसकेको उनको माग पूर्ति गर्न नसक्ने कुरा के लेखेको थिए , केहीबेर अघि ५० पटक भन्दा बढी यु आर हेन्डसम भनेर नथाकेकी ति सुन्दरीका गाली अपमान तिमि पुरुष हैनौ तिमीमा पुरुस्त्व छैन भन्दै गालीगलोज सहितका मेसेज पढी सके पछी मैले खाली धन्यवाद भन्ने मौका सम्म मिलेन किनकी सुन्दरीले केहीबेरको हेन्डसमलाइ ब्लक गरिसकेकी थिइन I


मभने कतै सपनाबाट भर्खर जागे जस्तो अन्तत आफ्नो मन दिमाख लाई पुन उही पुरानै आफ्नो ठाउँ क्षितिज तिर भागाउनको लागि कम्पुटर लाइ बन्द गर्दै थिए I

पुरुष या स्त्री दुवै सबै राम्रा हुदैनन् सबै नराम्रा पनि हुदैनन् , नारी देवीको रुप हो, मेरो प्रहार ति देवी समानका महिलाको लागि नभएको जानकारी गराउदछु I


महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ